सागमा दोहोरो स्वर्ण जित्ने मन्डेकाजीलाई पाँच लाख

सागमा दोहोरो स्वर्ण जित्ने मन्डेकाजीलाई पाँच लाख


१३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपाललाई दोहोरो दुई स्वर्ण पदक दिलाउने करातेका मन्डेकाजी श्रेष्ठ सम्मानित भएका छन् । मन्डेकाजी ५ लाख नगदसहित सम्मानित भएका हुन् ।

राष्ट्रिय युवा संघ नेपालका रमेश आचार्यको आतिथ्यमा आयोजित एक अनौपचारिक कार्यक्रममा मन्डेकाजीलाई सम्मान गरिएको हो ।

उक्त पुरस्कार धादिङ जिल्ला फुटबल संघका अध्यक्ष दीपक खतिवडाको समन्वयमा व्यवस्था भएको हो । ललितपुरस्थित होटल भिभान्तामा मन्डेलाई सम्मान गरिएको हो ।

करातेका पूर्व राष्ट्रिय खेलाडी रवि महर्जनको व्यवस्थापनमा भएको उक्त कार्यक्रमलाई कर्मा कन्स्ट्रक्सनका प्रोपाइटरले विशेष सहयोग गरेको थियो ।