‘डिस्टर्ब नगर’ भन्दै आइन् प्रीति

‘डिस्टर्ब नगर’ भन्दै आइन् प्रीति


चर्चित गायिका प्रीति आलेको स्वर रहेको ‘हामी नाच्ने हो गाउने हो डिस्टर्व नगर’ बोलको तिज गीत सार्वजनिक भएको छ ।

राजबहादुर सानेको शब्द–संगीत र लय रहेको गीतको भिडियोलाई कृष्ण परियारले निर्देशन गरेका छन् । गीतमा कोरियोग्राफी बाबु जिम्बाको छ भने किम्भे प्रडक्सन युट्युब च्यानलमार्फत सार्वजनिक भएको भिडियोमा गायिका प्रीति आलेसँगै रिया श्रेष्ठ, कसिस दाहाल, सविता आले, विमला गुरुङ, ज्याक गुरुङ, शिशिर रणा, दीपकजंग शाहीलगायतको अभिनय छ ।

यस भिडियोलाई युयुस ढकालले छायाङ्कन गरेका छन् । भिडियोको सह–निर्माता प्रकाश हमाल, निर्माता सौर्यल थापा र निर्माण किम्भे प्रोडक्सनले गरेको हो ।

नेपालीको मौलिक र महान् चाड तिजकै अस्तित्व धरापमा पर्ने गरी छाडा संस्कृति मौलाइरहेका बेला यस गीत र भिडियो नेपाली परम्परालाई प्रवद्र्धन गर्नेगरी छायाङ्कन गरिएको निर्माण पक्षले दाबी गरेको छ ।

यसको सुटिङ पर्यटकीय नगरी सालीनदीमा गरिएको छ । गीतले दर्शलाई भरपुर मनोरञ्जन र मौलिकता जगेर्ना गर्न सन्देशसमेत दिने निर्माण पक्षले जानकारी दिएको छ ।