छोरीहरू जोतिएको देख्दा पग्ल्यो सोनुको हृदय

छोरीहरू जोतिएको देख्दा पग्ल्यो सोनुको हृदय


आन्द्र प्रदेशका एक गरिव किसानलाई वलिवुडका अभिनेता सोनु सुदले ट्रयाक्टर प्रदान गरेका छन् । खेतीको लागि गोरु भाडामा लिन नसक्दा ती किसानले आफ्नी दुई छोरीलाई खेतमा गोरूको रूपमा प्रयोग गरेका थिए । यसरी मानवलाई जनावरको रूपमा प्रयोग गरेको सामाजिक सञ्जालमार्फत् जानकारी पाएपछि अभिनेता सुदले ती किसानलाई ट्रयाक्टर प्रदान गरेका हुन् ।

भिडियोमा ती किसानले दुवै छोरीको काँधमा हलो राखेर खेत जोतिरहेका थिए । निकै हृदयविदारक उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । निकै मन छुने उक्त पीडादायिक भिडियो बिहान देखेका सुदले त्यसैदिन किसान परिवारलाई ट्रयाक्टर दिने घोषणा गरेका थिए । आफ्नो बचनका पक्का सुदले त्यसैदिन बेलुका किसान परिवारकहाँ ट्रयाक्टर पु¥याएका थिए ।

सुदले उक्त किसान परिवारलाई एक जोडी गोरु पनि किनिदिएका छन् । सुदले गोरु उपलब्ध गराएपछि गोरुलेझैँ खेत जोत्ने छोरीहरूले त्यो भुक्तमानीबाट छुटकारा पाएका छन् । सुदले ती छोरीहरूलाई शिक्षामा ध्यान दिनसमेत अनुरोध गरेका छन् ।

खेती गर्न ट्रयाक्टर र गोरु पाएपछि किसान निकै खुशी छन् । गरिवलाई सहयोग गर्ने अभिनेता सुदलाई ती किसानले भगवानको संज्ञा दिएका छन् । सुदको यो कदमको अहिले किसान परिवारले मात्र नभै पुरै प्रदेशको मन जितेको छ । सुदको सामाजिक सञ्जालमा निकै प्रशंसा भैरहेको छ ।