अस्ट्रेलियाबाट सपनाको ‘तीजको दर’

अस्ट्रेलियाबाट सपनाको ‘तीजको दर’


हिन्दु महिलाहरूको महान पर्व तिज नजिकिँदै गर्दा धेरै गायक–गायिकाले तिजगीत सार्वजनिक गर्न शुरू गरिसकेका छन् । के देश के परदेश ? तीजको रौनकताले सर्वत्र आफ्नो प्रभाव पारिरहेको छ ।

यसै क्रममा अस्ट्रेलियाको राजधानी क्यानबेरा निवासी सपना देवकोटाले आफ्नै शब्द र लयमा रहेको मौलिक तिजगीत ‘तीजको दर’ सार्वजनिक गरेकी छन् । नेपाली मौलिक शब्द अनि लयमा सजिएको तिजगीत ‘तिजको दर’मा माण्डवी त्रिपाठीको स्वर रहेको छ भने संगीत विपिन आचार्यले दिएका छन् ।

भिडियोमा दीपेन्द्र भट्टको छायाङ्कन रहेको छ । गीतमा सपना देवकोटा, शिव गिरी शिलु घिमिरे, एलिसा ढकाललगायतको अभिनय रहेको छ भने गीतको सम्पुर्ण छायाङ्कन अस्ट्रेलियाको सिड्नीमा गरिएको हो । यो गीतको भिडियो चारकुने मिडियाबाट सार्वजनिक गरिएको थियो ।