कांग्रेसद्वारा ज्येष्ठ राजनीतिज्ञ सभामा ४७९ सदस्य मनोनयन

कांग्रेसद्वारा ज्येष्ठ राजनीतिज्ञ सभामा ४७९ सदस्य मनोनयन


नेपाली कांग्रेसले ज्येष्ठ राजनीतिज्ञ सभामा विभिन्न जिल्लाका ४७९ पार्टीका पुराना नेताकार्यकर्तालाई सदस्यमा मनोनयन गरेको छ ।

कांग्रेस मुुख्य सचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार उक्त सभामा कास्कीका तारानाथ रानाभाटदेखि ओखलढुङ्गाका होमनाथ दाहालसम्मका पुराना राजनीतिकर्मी हुनुहुन्छ । सभापति शेरबहादुर देउवाले बुधबार (१४ साउन)उहाँहरुलाई मनोनयन गर्नुभएको हो ।

पार्टीको नियमावलीको नियम ५० मा ज्येष्ठ राजनीतिज्ञ सभा गठनसम्बन्धी व्यवस्था छ । सो प्रावधानअनुसार कांग्रेसमा रही लामो समयदेखि निरन्तर योगदान पुऱ्याउँदै आएका तर वर्तमान अवस्थामा पार्टीको कुनै पनि तहको पदीय जिम्मेवारीमा नरहेका ६५ वर्ष उमेर पुगेका पार्टीका ज्येष्ठ राजनीतिककर्मीको सहभागितामा केन्द्रीय सभापतिको अध्यक्षतामा केन्द्रमा ज्येष्ठ राजनीतिज्ञ सभा रहनेछ ।

यसैगरी प्रदेशमा प्रदेश सभापति र जिल्लामा जिल्ला सभापतिको अध्यक्षतामा ज्येष्ठ राजनीतिज्ञ समिति रहने नियमावलीमको व्यवस्था छ । यसले पार्टीलाई सल्लाह, सुझाव र प्रेरणा दिने काम गर्ने बताइएको छ ।