राखेप उपाध्यक्ष र सदस्यसचिवलाई सपथ

राखेप उपाध्यक्ष र सदस्यसचिवलाई सपथ


युवा तथा खेलकुद मन्त्री जगतवहादुर सुनार (विश्वकर्मा)ले नवनियुक्त राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोइराला (ज्वाला) र सदस्यसचिव रमेशकुमार सिलवाललाई पद तथा गोपनियताको सपथ खुवाएका छन् ।

खेलकुद मन्त्रालयमा बुधबार (१४ साउन) आयोजित सपथ ग्रहण कार्यक्रममा उपाध्यक्ष र सदस्यसचिवलाई सपथ खुवाइएको हो । सो अवसरमा मन्त्रालयका सचिवले उपाध्यक्ष र सदस्यसचिवलाई नियुक्तिको प्रमाणपत्र प्रदान गरेका थिए ।

नेपाल सरकारले साउन १२ गते सोमबार उपाध्यक्षमा कोइराला र सदस्यसचिवमा सिलवाललाई नियुक्त गरेको थियो ।