शिव कोइराला ‘ज्वाला’लाई राखेप उपाध्यक्षको जिम्मेवारी

शिव कोइराला ‘ज्वाला’लाई राखेप उपाध्यक्षको जिम्मेवारी


राष्ट्रिय तेक्वान्दो संघ, नेपालका केन्द्रीय अध्यक्ष तथा अखिल नेपाल खेलकुद महासंघका सह–संयोजक शिव कोइराला (ज्वाला) राष्ट्रिय खेलकुद परिषदको उपाध्यक्ष पदमा नियुक्त भएका छन् ।

साउन १२ गते सोमबार बसेको मन्त्री परिषदको बैठकले ज्वालालाई राखेपको उपाध्यक्ष पदमा चार वर्षका लागि नियुक्त गरेको हो ।

लामो समयदेखि तेक्वान्दो खेलको विकास र विस्तारमा विशेष योगदान दिएका ज्वाला तेक्वान्दोका पूर्व राष्ट्रिय खेलाडी हुन् । हालै नेपालमा सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा ज्वालाले प्रचार प्रसार विभागको संयोजकको भूमिका निभाएका थिए ।

नेकपामा प्रखर युवा नेताको रुपमा परिचित ज्वाला राजनीतिक क्षेत्रमा पनि चर्चित नाम हो ।