साइप्रसमा धादिङकी छात्राको निधन

साइप्रसमा धादिङकी छात्राको निधन


Dilli Ammai

अध्ययनको सिलसिलामा गत जनवरीमा धादिङबाट साइप्रस आएकी नेपाली छात्रा रेणुका कोइराला (फेसबुकमा Zoshna Koirala)को साइप्रसको निकोसियामा मोटरसाइकल दुर्घटनामा परी निधन भएको छ ।

२५ जुलाईको राति करिव १ देखि २ बजे काम गरेर अफिसबाट डेरातिर फर्कने क्रममा ट्राफिक दुर्घटनामा परी घाइते भएकी उनीलाई जनरल अस्पताल पुऱ्याउँदा डाक्टरले तत्काल मृत घोषणा गरेका हुन् । निकोसीया प्रहरीले समेत यसबारे पुष्टि गरिसकेको छ ।

रेणुलाई लिएर आउने मोटरसाइकल चालकसहित मोटर साइकल प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ । घटनाको अनुसन्धानको क्रममा मृतक रेणुकाको साथबाट मोबाएल सेट, आइडी कार्ड, निलो रंगको झोला, केही यूरो भेटिएको साइप्रस प्रहरीले जनाएको छ ।