सोमबार १० करोडको ट्रेजरी बिल बिक्री गरिने

सोमबार १० करोडको ट्रेजरी बिल बिक्री गरिने


नेपाल राष्ट्र बैंकले सोमबार (१२ साउन) रु १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत सोमबार ट्रेजरी बिल बिक्री हुन लागेको जनाएको हो ।

ट्रेजरी बिल बोलकबोलको प्रक्रियाबाट बिक्री गरिने बताइएको छ ।

कूल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको सो ट्रेजरी बिल आगामी कात्तिक ११ गते परिपक्व हुनेछ ।

यसअघि बैंकले यही साउन ५ गते पनि रु पाँच अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।