नेपाली चेली अमेरिकी सेनामा मेजर

नेपाली चेली अमेरिकी सेनामा मेजर


■ राजन घिमिरे

यिनी हुन् नेपाली चेली समृद्धि रिमाल । अमेरिकी सेनाको उच्च पदमा पुग्ने पहिलो प्रवासी नेपाली चेली बनेकी छन् समृद्धि । ११ वर्षको उमेरमा परिवारका साथ उनी अमेरिका पुगेकी हुन् । यतिबेला अमेरिकी रक्षा मन्त्रालयको मेजर पदमा कार्यरत उनी अमेरिकाकै डालसमा हुर्किएकी हुन् । हाइस्कुल शिक्षा पूरा गरेपछि समृद्धि १८ वर्षको उमेरमा अमेरिकी सेनामा भर्ती भएकी थिइन् ।

मेजर दीक्षान्त समारोहमा निकै भावुक बनिन् समृद्धि । त्यस्तो विशेष समारोहमा आफ्ना साथी तथा परिवारका महिला सदस्यहरू साडी लगाएर उपस्थित भएको दृश्यले उनलाई भावुक बनाएको थियो । त्यो दृश्यले मन नै प्रफुल्लित भएको कुरा उनले मिडियासमक्ष ब्यक्त गरेकी थिइन्-‘म आफूलाई नेपाली हुनुमा गर्व गर्छु । एउटी नेपाली चेली प्रवासमा यो पदसम्म पुग्नु मेरो लागि पनि सपनाको कुरा थियो, आज पुरा भएको छ ।’