प्रतिबन्धित नेकपाका पूर्वी कमाण्ड सैन्य विभाग प्रमुख पक्राउ

प्रतिबन्धित नेकपाका पूर्वी कमाण्ड सैन्य विभाग प्रमुख पक्राउ


विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका एक शीर्ष तहका नेता मोरङको उर्लाबारी नगरपालिकाबाट पक्राउ परेका छन् । सो पार्टीका पूर्वी कमाण्ड सैन्य विभाग प्रमुख नन्दबहादुर बोहरा पक्राउ परेका हुन् ।

विराटनगरस्थित प्रदेश १ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त अप्रेशनका क्रममा ४० वर्षीय बोहरा पक्राउ परेका प्रहरीले जनाएको छ ।

उर्लाबारी नगरपालिका ३ का स्थानीयवासी बोहरालाई प्रहरीले मंगलबार (३० असार) उनकै घरबाट पक्राउ गरिएको प्रहरीकाो भनाई छ । प्रहरीले बोहराको साथबाट एउटा कटुवा पेस्तोल, तीन राउण्ड गोली र सकेट बम बरामद गरेको जनाएको छ । बोहराको साथबाट प्रकहरीले पूर्वलडाकु लेखिएको एक थान छाप, टेलिकमको ७ वटा सिमकार्ड, एनसेलका २ वटा सीमकार्ड, १ थान मोबाइल लगायतका सामाग्री बरामद गरेको छ ।