डा. रावललाई मिल्यो न्याय

डा. रावललाई मिल्यो न्याय


नेपाल राष्ट्र बैङ्कका पूर्वगभर्नर डा. तिलक रावलले विशेष अदालतबाट सफाई पाउनुभएको छ । रावलविरुद्ध गत वर्ष अख्तियार अनुसन्धान दुरुपयोग आयोगले पोलिमर नोट छपाईका क्रममा अनियमितता भएको आरोप लगाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

करिव एक दशकअघि नै उक्त विषयमा छानबिन गरी अख्तियारले मुद्दा चलाउनु नपर्ने ठहरसहित तामेलीमा पठाएको उक्त मुद्दा अर्थमन्त्री युवराज खतिवडा र अख्तियार प्रमुख नवीन घिमिरेको सल्लाह र योजनामा पुनर्जीवित गरिएको थियो ।

डा. रावललाई सताउने र मानसिक यातना दिने नियतले दायर गरिएको मुद्दामा उहाँको त्रुटी र कसुर नभेटिएपछि सफाई दिने निर्णयमा विशेष अदालत पुगेको बुझिएको छ ।

मन्त्रीमण्डलबाट डिजाइन स्वीकृत भई नियमानुसार टेन्डर गरी राष्ट्र बैंक सञ्चालक समितिको निर्णयअनुसार पोलिमर नोट छापिएको भए तापनि डा. रावललाई मात्र फसाउने नियतले मुद्दा दायर गरिएको चर्चा गत वर्ष नै भएको थियो ।