कांग्रेस नेता शाहीलाई कोरोना संक्रमण पुष्टि

कांग्रेस नेता शाहीलाई कोरोना संक्रमण पुष्टि


नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री जीवनबहादुर शाहीलाई कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणमा शाहीलाई संक्रमण देखिएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य शाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिएका हुन् ।

कर्णाली प्रदेशसभामा विपक्षी दल नेपाली कांग्रेसका नेतासमेत रहेका शाहीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि प्रदेशसभामा तनावको अवस्था सिर्जना भएको बताइएको छ ।

शाहीको सम्पर्कमा आएका प्रदेशसभा सदस्यहरु, पत्रकारहरु तथा परिवारका सदस्यको खोजी गरी स्वाब संकलनको तयारी भएको डा. तिवारीले बताएका छन् ।