३० जेष्ठ २०७८, आईतवार

तेक्वान्दोको पुम्सेमा मधुलाई स्वर्ण

  प्रकाशित मिति
३० असार २०७७, मंगलवार ०८:३५


मधुसुदन सापकोटाले प्रथम मलेसियन ओपन अन्तर्राष्ट्रिय इस्पोर्ट्स च्यालेन्जमा स्वर्ण जितेकी छन् । तेक्वान्दोको पुम्से विधामा भइरहेको प्रतियोगितामा मधुले ४० वर्षमाथि उमेर समूहमा स्वर्ण जितेको नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले जनाएका छन् ।

त्यस्तै प्रगति कुइकेलले १३–१४ वर्ष तथा आयुश बोहराले १५–१७ वर्षमा रजत जिते । १०–१२ वर्षमा भिजन तामाङ र यु–९ मा प्रवीण श्रेष्ठले कांस्य हात पारे । पदक विजेता सबै खेलाडी एनटीएका हुन् । एनटीएबाट जम्मा ८ खेलाडी सहभागी छन् । तीन खेलाडीको प्रतिस्पर्धा हुन बाँकी छ ।

प्रतियोगितामा १२ राष्ट्रका ३ सय ७५ खेलाडीको सहभागिता रहेको खड्काले जनाएका छन् । जुलाइ ११ तारिखदेखि सुरु प्रतियोगितामा खड्काले निर्णायकको भूमिका निर्वाह गरिरहेका छन् । खड्का ग्योरोगी, पुम्से र पारा तेक्वान्दोका एक्लो नेपाली अन्तर्राष्ट्रिय निर्णायक हुन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सन् २०२२ मा कतारमा हुने विश्वकप तथा २०२३ मा चीनमा हुने एशिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपाल

टोकियो ओलम्पिक खेलको उद्घाटनको अब ५० दिन बाँकी रहँदा आयोजकले बिहीबार प्रतिस्पर्धामा समावेश गरिने खेलको सूची सार्वजनिक गरेको छ ।

चाइनिज ताइपेईविरुद्धको खेलमा नेपाल विजयी भएको छ । कुवेतको जाबेर अल अहमद मैदानमा बिहीबार राति भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई

मैत्रीपूर्ण खेलमा नेपाली फुटबल टोली इराकसित फराकिलो अन्तरले पराजित भएको छ । इराकको बसरास्थित अल्फायहा खेल मैदानमा शनिबार राति सम्पन्न