महिलामाथि अभद्र व्यवहारको अभियोग लागेका वडाध्यक्ष पच्चीस हजार धरौटीमा रिहा

महिलामाथि अभद्र व्यवहारको अभियोग लागेका वडाध्यक्ष पच्चीस हजार धरौटीमा रिहा


महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका कन्चनपुर भीमदत्त नगरपालिका–९ का वडाध्यक्ष राम नाथलाई जिल्ला अदालतले धरौटीमा रिहा गरेको छ । अदालतले सोमबार (२९ असार) वडाध्यक्ष्य नाथलाई रु २५ हजार धरौटीमा रिहा गरेको हो ।

अभद्र व्यवहार गरेका भन्दै ब्रह्मदेवकी एक महिलाले नाथविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जबर्जस्ती करणीको जाहेरी दर्ता गराएकी थिइन् । जाहेरी दर्तापछि अदालतको आदेशमा नाथलाई १० दिन थुनामा राखी अनुसन्धान गरिएको थियो ।