मलेखुमा खुल्ला रक्तदान कार्यक्रम

मलेखुमा खुल्ला रक्तदान कार्यक्रम


विकास रौनियार, धादिङ

कोरोना भाइरस (कोभिड–१९)को कारण लामो समय लकडाउनको भएकोले रक्तबैंकमा रगत अभाव हुन गई बिरामीहरुलाई समस्या परेको यथार्थ महसुस गर्दै जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २५औँ स्थापना दिवस तथा रजत वर्षलाई सेवामूलक ढंगले मनाएको छ ।

रजत वर्षको उपलक्ष्यमा संस्थाले मलेखुस्थित राजमार्ग सामुदायिक अस्पतालको प्राङ्गणमा रक्तदान कार्यक्रम संचालन गरेर १४५ पिन्ट रगत संकलन सङ्कलन गरेको छ ।

रक्तदान कार्यक्रमा १४५ जना दाताले रक्तदान गरेका थिए भने त्यसमध्ये २६ महिला र ११९ जना पुरुषको सहभागिता रहेको थियो ।

प्रत्येक वर्ष रक्तदान कार्यक्रममा सहभागिता जनाउँदै आएको लायन्स क्लब अफ धदिङ मलेखु टाउनले यस वर्ष पनि रक्तदान कार्यक्रममा विशेष भूमिका निर्वाह गरेको क्लबका पूर्वअध्यक्ष संजय त्रिपाठीले जानकारी दिनुभयो ।