नेकाको केन्द्रीय खेलकुद विभाग विस्तार

नेकाको केन्द्रीय खेलकुद विभाग विस्तार


नेपाली काङ्ग्रेसको केन्द्रिय खेलकुद विभाग विस्तार गरिएको छ । विभागका प्रमुख मोहनकुमार बस्नेतले विभाग विस्तार गरी काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई जानकारी गराएका छन् । यो विस्तारसँगै अब विभाग २५ सदस्यीय बनेको छ ।

नेकाका केन्द्रीय सदस्यसमेत रहेका मोहनकुमार बस्नेतको अध्यक्षतामा केही महिनाअघि केन्द्रीय खेलकुद विभाग गठन भएको थियो । त्यसको केही समयपश्चात पूर्व प्रधानमन्त्री तथा सभापति देउवाले विभागको उप–प्रमुखमा पूर्व सांसद तथा राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष मोहनकुमार राई र सचिवमा नेपाली काङ्ग्रेसका युवा नेता तथा राखेपका पूर्वकोषाध्यक्ष मीनकृष्ण महर्जनलाई मनोनित गरेका थिए ।

वर्तमान अवस्थामा खेलकुद विभागलाई क्रियाशील बनाउन विभागका प्रमुख बस्नेतले २३ जनालाई सदस्यमा मनोनित गरेका छन् । विभागमा मनोनित हुने सदस्यहरूमा मणिभुषण यादव (बारा), उपेन्द्र यादव (सिरहा), दीपराज गुरुङ (काठमाडौं), विजेन्द्र हमाल (बाँके), शोभितराज प्रसाइँ (मोरङ), किशोर राई (सुनसरी), लनम चौधरी (झापा), जितबहादुर केसी (दाङ), पंकज नेम्वाङ (झापा), कृष्ण शर्मा (बर्दिया), प्रतिमा शाही (डोटी), र पूर्णसिंह बोहरा (डोटी) नियुक्त भएका छन् ।

त्यसै अन्य मनोनित हुने सदस्यहरूमा उद्धव खड्का (काठमाडौं), उमेश खड्का (भक्तपुर), राजु कँडेल (नुवाकोट), देवकुमार मानन्धर (स्याङ्जा), भानु चन्द (कञ्चनपुर), कुवेरप्रकाश सिंह (कैलाली), सिंहबहादुर तामाङ (दोलखा), टपेन्द्र धर्नाल (सिन्धुपाल्चोक), बखतबहादुर शाही (हुम्ला), डम्बरबहादुर खड्का (इलाम) र शिव आचार्य (रुकुम) रहेका छन् ।

विभागको विस्तारसँगै यसले आफ्नो कार्य द्रुत गतिमा बढाउने सचिव महर्जनले बताए । साथै विभागको कार्यालय नयाँ बानेश्वरमा स्थापना भएको पनि महर्जनले जानकारी गराए ।