अमिताभ बच्चनमा ‘कोभिड-१९’ पोजेटिभ, ट्वीट गर्दै आफैले गरे खुलासा

अमिताभ बच्चनमा ‘कोभिड-१९’ पोजेटिभ, ट्वीट गर्दै आफैले गरे खुलासा


विख्यात अभिनेता अमिताभ बच्चन कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत अमिताभले कोभिड–१९ परीक्षणमा आफ्नो रिपोर्ट पोजेटिभ आएको सार्वजनिक गरेका हुन् ।

ट्वीट गर्दै उनले भनेका छन्– ‘कोभिड–१९ को लागि भएको टेस्टमा मेरो रिपोर्ट पोजेटिभ आएको छ । मलाई यतिबेला अस्पताल भर्ना गरिएको छ । अस्पतालले यसबारे प्रशासनसँग जानकारी शेयर गरिरहेको छ । मेरो परिवारका अन्य सदस्य एवम् स्टाफहरूको पनि कोरोना टेस्ट गराइएको छ, जसको नतिजा आउन बाँकी छ ।’

उनले थपेका छन्– ‘जो–कोही व्यक्ति बितेको दश दिनभित्र मेरो सम्पर्कमा आउनुभएको छ, सबैले कोरोना भाइरसको जाँच गराउनु होला ।’

ज्ञातव्य छ, कोरोना पोजेटिभ आएपछि अभिताभ बच्चनलाई शनिबार रातको समयमा मुम्बईस्थित नानावती अस्पताल भर्ना गरिएको छ ।