सुनको मूल्य प्रतितोला ९२ हजार

सुनको मूल्य प्रतितोला ९२ हजार


नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार ४०० पुगेको छ । यो नेपाली बजारमा अहिलेसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यसैगरी तेजाबी सुनको मूल्य रु ९१ हजार ९६५ र चाँदीको भाउ तोलामा रु २५ ले बढेर रु ९८० प्रतितोला कायम भएको छ ।

गत बुधबारको तुलनामा प्रतितोला रु ९०० ले सुनको भाउ बढेको हो । बिहीबार (२५ असार) कारोबार भएको सुनको मूल्य हालसम्मकै उच्च हो । लकडाउन (बन्दाबन्दी) र सुनको भाउ बढ्दै जानुले पछिल्लो पटक कारोबार ठप्प रहेको महासङ्घ महासचिव धर्मसुन्दर बज्राचार्य बताउँछन् ।