८ मंसिर २०७७, सोमबार

कञ्चनपुरका सीमा क्षेत्रमा सशस्त्र प्रहरीका चारवटा बिओपी स्थापना

  प्रकाशित मिति
२६ असार २०७७, शुक्रबार ०२:१८


The Armed Police Force (APF) Nepal and Indian Seema Suraksha Bal (SSB) jointly patrol the area along the Nepal India border, 1.5 kilometre east of Gaur, the district headquarters of Rautahat, on Friday, December 1, 2017. Photo: Prabhat Kumar Jha

सीमा सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरीले कञ्चनपुरका विभिन्न स्थानमा चारवटा बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरेको छ । सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त बनाउन पुर्नवास नगरपालिका–१० दोधा, बेलौरी नगरपालिका–२ थापा चोक, सोही नगरपालिकाको वडा नं १० को भुडा र महाकाली नगरपालिका–१ बैलबन्दमा सशस्त्र प्रहरीका बोर्डर आउट पोष्ट स्थापना गरिएका हुन् ।

सशस्त्र प्रहरीको ७ नम्बर बाहिनीका बाहिनीपति (डिआइजी) हरिशङ्कर बुढथोकीले चारवटै बिओपीको उद्घाटन गर्नुभयो । बिओपी उद्घाटन गर्दै उहाँले सीमा क्षेत्रमा भारतीयतर्फबाट हुने घुसपैठ रोक्नका लागि सहज हुने बताउनुभयो । सीमा अपराध र सीमा अतिक्रमणलगायत समस्या समाधानका लागि सशस्त्र प्रहरीले चौबीसैँ घण्टा गस्ती गर्दै आएको बताउनुभयो । स्थापना गरिएका बिओपीमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ३५ जवानलाई खटाइएको छ ।

सीमा क्षेत्रमा केही दिनभित्रै थप चार वटा बिओपी स्थापना गरिने सशस्त्र प्रहरी बल नम्बर ३५ शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरबहादुर शाहुले बताउनुभयो । उहाँका अनुसार सीमा क्षेत्रमा यसअघि १० वटा सशस्त्र प्रहरीका बिओपी रहेका थिए । चार वटा थप भएपछि बिओपीको सङ्ख्या १४ पुगेको छ । सशस्त्र प्रहरी सीमा क्षेत्रमा तैनाथ गरिएपछि चोरी, तस्करी, सीमा अतिक्रमणलगायत समस्या हट्दै गएका छन् । सशस्त्र प्रहरीले सीमा क्षेत्रमा गस्ती गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

संयुक्तराज्य अमेरिकाले औपचारिक रुपमा ‘खुला आकाश’ प्रतिरक्षा सन्धिबाट बाहिरिएको घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनका अवधिमा अमेरिका

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाका नवनिर्वाचित सांसद मोहनबहादुर पाण्डेलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आयोजित

इन्डियन प्रीमियर लीग (आईपीएल) २०२० को १३औँ संस्करण हालै संयुक्त अरब इमिरेटमा सम्पन्न भएको छ । कोरोनाको महामारीका कारण यो

रुसका डेनिल मदवेदेवले आफ्नो खेल जीवनकै सबैभन्दा ठूलो उपाधि जितेका छन् । एपीटी फाइनलमा विश्व वरियताका तेस्रो स्थानमा रहेका मदवेदेवले