नेवि सङ्घद्वारा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्न माग

नेवि सङ्घद्वारा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्न माग


नेपाल विद्यार्थी सङ्घले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्नुपर्ने माग गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेवि सङ्घको एक प्रतिनिधि समूहले बुधबार (२४ असार) नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेललाई ज्ञापनपत्र बुझाउँदै पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली पालना गरी तत्काल मूल्य घटाउन माग गरेको हो ।

नेवि सङ्घले लकडाउनको समयमा मात्र करिब रु तीन अर्ब नाफा कमाएको निगमले अन्तर्राष्ट्रिय बजारमा थोरै मूल्य बढ्ने बित्तिकै ५ रूपैयाँ बढाउनु उचित नहुने भन्दै निगमले असार १६ गते पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि खारेज गर्नसमेत भनेको छ ।

नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि हुँदा ढुवानी भाडा बढ्ने र त्यसको असर उपभोग्य वस्तुको मूल्यमा पर्ने बताउँदै मूल्य कम गर्न आग्रह गरे ।

सो अवसरमा निगमका कार्यकारी निर्देशक पौडेलले नेविसङ्घले उठाएका जायज मागलाई आफूले सम्बोधन गर्न सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका बुझिएको छ ।