अनुशासन उल्लंघनको अभियोगमा कांग्रेस महासमिति सदस्य मल्लमाथि कारवाही

अनुशासन उल्लंघनको अभियोगमा कांग्रेस महासमिति सदस्य मल्लमाथि कारवाही


नेपाली कांग्रेसले बाँके जिल्लाका महासमिति सदस्य महेन्द्र मल्ललाई पार्टीको अनुशासन उल्लङ्घन गरेको अभियोगमा पार्टीबाट निष्काशन गरेको छ ।

कांग्रेसको केन्द्रीय अनुशासन समितिको बुधबार (२६ असार) बसेको बैठकले पार्टीको विरुद्धमा सार्वजनिक रुपमा अभिव्यक्ति दिई अनुशासन उल्लङ्घन गरेकाले विधानबमोजिम उनलाई पाँच वर्षका लागि पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको पार्टी केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जानकारी दिएका छन् ।

ज्ञातव्य छ, मल्लले पार्टीभित्रका बेथिति एवम् सभापति देउवाका कमजोरीबारे सार्वजनिक अभिव्यक्ति दिँदै आएका थिए ।