मन्त्री पुन संलग्न नभएको स्पष्ट

मन्त्री पुन संलग्न नभएको स्पष्ट


नेपाल कम्युनिष्ट पार्टीका नेता एवम् उर्जामन्त्री वर्षमान पुनले आफूबाट कहिल्यै कुनै किसिमको अनियमित काम नभएको र नहुने बताउनुभएको छ ।

२०७६ असारमा विद्युत् उत्पादक कम्पनीहरुलाई भुक्तानी दिँदा १० प्रतिशत घुस लिएको भन्ने समाचार घटना र विचारमा प्रकाशित भएलगत्तै मन्त्री पुनले आफू कुनै किसिमको अनियमित कार्यमा सामेल नभएको र त्यस्तो कल्पना पनि गर्न नसकिने स्पष्ट गर्नुभएको छ ।

मुलुकको स्वाभिमान र समृद्धिका निम्ति आफू सधैं चिन्तित एवम् चिन्तनशील रहेको बताउँदै नेता पुनले भन्नुभयो- ‘जनताको सुख र सुशासनप्रति सधैं सम्वेदनशील मजस्तो मानिसमाथि समेत आक्षेप लगाएर घटना र विचारले समाचार सम्प्रेषण गर्दा एउटा विश्वसनीय अखबारको छवि धमिलिने कुराले पनि मलाई चिन्तित बनाएको छ । मलाई राजनीतिक रुपले दुर्वल बनाउने र मेरो सार्वजनिक व्यक्तित्वमा आँच पुऱ्याउने कार्यको म घोर निन्दा र भत्सर्ना गर्दछु ।’

घटना र विचार साप्ताहिकको असार २४ गते बुधबार ‘मध्यरातमा करोडौँ घुस’ शीर्षकमा प्रकाशित र सोही शीर्षकमा घटना र विचार डट कममा समेत साभार गरिएको समाचारको मूल अंश सत्य भए पनि उक्त घुसकाण्ड अरु नै व्यक्ति मन्त्री हुँदा अर्कै समयमा भएको बताइएको छ । समाचारका कारण मन्त्री पुनको व्यक्तिगत चरित्रमा धक्का पुगेकोमा हामी दु:खित हुँदै क्षमा याचना गर्दछौँ । मन्त्रीको नाम र मिति फरक भए पनि घुस प्रकरण भने सही घटना भएको जानकारी पनि आम पाठकहरुलाई गराउन चाहन्छौँ । र, ठीक समयमा थप तथ्य र प्रमाणसहित सार्वजनिक गरिने जानकारीसहित प्रतिबद्धता जाहेर गर्दछौँ ।