८ मंसिर २०७७, सोमबार

साढे तीन महिनाको लकडाउनबीच छापियो साढे तीन लाख अनुमतिपत्र

  प्रकाशित मिति
२४ असार २०७७, बुधबार १०:०६


यातायात व्यवस्था विभागले लकडाउन अवधिबीच झण्डै साढे तीन लाख चालक अनुमतिपत्र छापेको छ । चालु आवको अहिलेसम्म साढे ६ लाख अनुमतिपत्र छापिएको र अब लगभग दुई लाख अनुमतिपत्र छपाइ गर्न बाँकी रहेको विभागले जनाएको छ ।

बताइएअनुसार गत पुस मसान्तसम्म नयाँ अनुमतिपत्रका लागि लिइएको परीक्षा उर्तीण र नवीकरणका लागि आएका अनुमतिपत्र छापिएको छ भने असार मसान्तभित्रमा थप अनुमतिपत्र छापिसकिने विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए ।

विभागले बन्दाबन्दीको केही सातासम्म अनुमतिपत्र छपाइको काम ठप्प राखे पनि त्यसपछि आवश्यक स्वास्थ्य सावधानी अपनाएर छापिरहेको छ । बन्दाबन्दीमा वितरण हुन नसकेकामा अहिले यातायात व्यवस्था कार्यालयले अनुमतिपत्र वितरण गरिरहेको छ । संविधानुसार यातायातको जिम्मेवारी प्रदेश सरकारको भएकाले दुई वर्ष पहिले नै यातायात कार्यालय नेपाल सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो ।

सरकारले पाँच वर्ष पहिले हस्तलिखित अनुमतिपत्र हटाएर स्मार्ट चालक अनुमतिपत्र शुरु गरेको थियो । देशभरका सबै कार्यालयको अनुमतिपत्र विभागले छाप्दै आएको छ । विभागमा अनुमतिपत्र छपाइको चाप भएकाले गतवर्ष सरकारले ठूलो क्षमताको अनुमतिपत्र (मास प्रिन्टर) किनेको थियो । अहिले पूरानो उपकरण प्रयोग नभएर मास प्रिन्टरबाटै छपाइ भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पूर्व-पश्चिम राजमार्गको राप्ती नगरपालिका-६ हर्दीस्थित राजमार्गमा सोमबार साँझ ग्यास बुलेटको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । भारतीय

विशेष प्रतिनिधि, कपिलवस्तु कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको भेटलाई सामान्य सन्दर्भको रुपमा चित्रित

सबै प्रहरीले अनुशासित, मर्यादित र सभ्य भएर नागरिकसँग व्यवहार गर्नुपर्नेमा जोड ■ सनत आचार्य महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख

सोमबार नेपालमा थप १,९८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २,२२,२८८ पुगेको