सदस्यसचिवको जिम्मेवारी ढकाललाई

सदस्यसचिवको जिम्मेवारी ढकाललाई


युवा तथा खेलकुद मन्त्रालयले मन्त्रालयअन्तर्गतकै खेलकुद विकास महाशाखाका प्रमुख भक्तबहादुर ढकाललाई राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिवको जिम्मेवारी दिएको छ । असार २१ गतेको मन्त्रीस्तरीय निर्णयानुसार ढकाललाई सदस्यसचिवको जिम्मेवारी दिइएको हो ।

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा १७ को उपदफा (१२) बमोजिम अर्को व्यवस्था नभएसम्म तत्कालका लािग राखेपको सदस्यसचिवले गर्ने कार्य गर्ने गरी जिम्मेवारी दिइएको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।

सुर्खेत निवासी ५७ वर्षीय ढकाल करिव १ महिनाअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सरुवा भइ खेलकुद मन्त्रालयमा आएका थिए । राखेपका विभागीय प्रमुख कुलबहादुर थापाले सदस्यसचिव ढकाललाई बधाइ दिएका छन् ।