ओस्कार विजेता विश्वचर्चित संगीतकार मोरिकनको निधन

ओस्कार विजेता विश्वचर्चित संगीतकार मोरिकनको निधन


विश्वकै चर्चित संगीतकार मानिने एन्नीओ मोरिकनको ९१ बर्षको उमेरमा निधन भएको छ ।

चलचित्रका लागि अत्यन्त राम्रा सङ्गीत सृजना गर्ने सङ्गीतकारको रुपमा उनी लामो समयदेखि विश्वमै चर्चित थिए ।

गुणस्तरीय फिल्महरुको निर्माता रहेका उनलाई सन् २०१६ मा ओस्कार पुरस्कार प्रदान गरिएको थियो । उनले झण्डै ५०० चलचित्रका लागि सङ्गीत सृजना गरेका थिए ।

कोरिकनको उपचारकै क्रममा अस्पतालमा निधन भएको चिकित्सकहरुले जानकारी दिएका छन् ।

उनले जीवनभरी आत्मसम्मानका साथ जिएका उनका शुभेच्छुक तथा उनलाई नजिकबाट चिन्नेहरुले बताउने गरेका छन् ।

‘उहाँलाई हामीले सधैँ सम्झने छौँ, उहाँ हाम्रो गौरव हो,’ इटालीका प्रधानमन्त्री जिसेपे कोन्टेले भनेका छन् ।

मोरिकनको निधनप्रति देशवासी र विश्वभरीका उनका शुभेच्छुक तथा चलचित्रकर्मीहरुले दुःख व्यक्त गर्दै उहाँको योगदान र क्षमताको स्मरण गरेका छन् ।