सवारी पासबिना यात्रु ओसार्ने दुई पक्राउ

सवारी पासबिना यात्रु ओसार्ने दुई पक्राउ


नेपाल प्रहरीले सवारी पासबिना यात्रु ओसार्ने दुईजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले पासबिना बर्दियाबाट काठमाडौं आउँदै गरेको भे. १ ज ११३५ का चालक सञ्जय विक र डोटीबाट काठमाडौं आउँदै गरेको बा. २ ज ८६ नम्बरका ट्याक्सी चालक शङ्खमान तामाङलाई आइतबार राति पक्राउ गरेको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार पक्राउ विकले पासबिना १७ यात्रुसँग रु २५ हजार तथा तामाङले तीन यात्रुसँग रु ३० हजार पाउने सर्तमा काठमाडौं आएको बताएको छ । पक्राउ परेका दुवै जनालाई सङ्क्रामक रोग ऐन २०२० अन्तर्गत कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।