स्टार अस्पतालका तीन कर्मचारीलाई कोरोना सङ्क्रमण

स्टार अस्पतालका तीन कर्मचारीलाई कोरोना सङ्क्रमण


राजधानीको सानेपा चक्रपथस्थित स्टार अस्पतालमा कार्यरत तीन जना कर्मचारीमा कोरोना पोजिटिव भएको पाइएपछि निजहरूलाई उपचारका लागि गत आइतबार क्वारेन्टिनमा पठाइएको छ।

प्राप्त जानकारीअनुसार अस्पतालको सघन उपचार कक्षमा उपचाररत एक बिरामीको कोरोना सङ्क्रमणका कारण केही दिनअघि निधन भएको थियो । त्यसपछि अस्पतालका सबै चिकित्साकर्मी र कर्मचारीहरूको परीक्षण गर्दा दुई जना नर्स तथा एक सवारीचालकमा कोरोना पोजिटिभ भएको पाइएको थियो।

ती दुवै नर्स इमर्जेन्सी वार्डमा कार्यरत थिए ।

अहिले अस्पतालको इमर्जेन्सी र आइसियु वार्डलाई पूर्ण स्यानिटाइज गरि सञ्चालनमा ल्याइएको छ । सङ्क्रमित बिरामीहरूलाई बलम्बुस्थित सशस्त्र प्रहरीको क्वारेन्टिनमा पठाइएकोमा त्यहाँको ब्यवस्थापन देखेर उनीहरू निरास हुन पुगेका छन् । स्वस्थ मानिससमेत बिरामी पर्ने त्यहाँको वातावरण र कर्मचारीहरुको ब्यवहारका कारण सङ्क्रमित बिरामीहरूले सास्ती ब्यहोर्नुपरेको बुझिएको छ।