८ मंसिर २०७७, सोमबार

अष्ट्रेलियामा कमाएको रकम अब सहजै स्वदेश भित्रिने

  प्रकाशित मिति
२२ असार २०७७, सोमबार १०:५७


अष्ट्रेलियामा रहेका नेपालीले आफूले कमाएको पैसा सहज रुपमा आफ्ना आफन्तलाई पठाउन सक्ने भएका छन् ।

सनराइज बैंक र अष्ट्रेलियामा रहेको ह्वाइट एभरेष्टद्धारा सञ्चालित रोयल रेमिटबीच विप्रेषण पठाउनेसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । विद्युतीय प्रणालीमार्फत विप्रेषण उपलब्ध गराउनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको बैंकले जनाएको छ ।

सम्झौताअनुसार अष्ट्रेलियामा रहेका नेपालीले नेपालमा रहेका आफन्त तथा इष्टमित्रहरुलाई पैसा पठाउन अझ सरल र सुलभ हुने आशा गरिएको छ । रोयल रेमिट नेपाल मार्फत पैसा पठाउँदा उच्च विनिमय दरमा रकम पठाउन सकिने व्यवस्था समेत गरेको छ । रोयल रेमिट नेपाल मार्फत अष्ट्रेलियाबाट नेपालमा पठाएको पैसा केही मिनेटमै सनराइज बैंकका देशभर रहेका १३० शाखा तथा बैंकका देशभरी छरिएका १० हजार भन्दा बढी एजेन्ट सञ्जाल मार्फत सजिलै नगद भुक्तानी लिन सकिने छ ।

बैंक खातावालाको हकमा भने यो सेवा सनराइज बैंकको खातामा मात्र सीमित नभइ देशका अरु विभिन्न वाणिज्य र विकास बैंकको खातामा केही मिनेटमै रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपाल राष्ट्र बैंकले सोमबार रु १४ अर्ब ८१ करोड ३२ लाख बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय

सुक्खायाममा सहज रुपमा विद्युत् आपूर्तिको व्यवस्था मिलाउन नेपाल विद्युत् प्राधिकरणले अधिकतम् २५० मेगावाटसम्म विद्युत् आयात गर्ने भएको छ । विशेषगरी

स्थानीय बजारमा सुनको मूल्यमा आज सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला रु ३००

मुक्तिनाथ विकास बैंक लक्जमवर्गमा आयोजित ‘युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०’ बाट पुरस्कृत भएको छ । बैंकले साना तथा लघु बैंकिङ कार्यक्रममा