आइतबार ६ सय बढी नेपाली फर्किए स्वदेश

आइतबार ६ सय बढी नेपाली फर्किए स्वदेश


त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आइतबार नौ अन्तरराष्ट्रिय उडान भएका छन् । यी उडानमार्फत विभिन्न मुलुकमा अलपत्र ६ सयभन्दा बढी नेपाली स्वदेश फर्किएको विमानस्थलले जनाएको छ ।

नेपाल एयरलाइन्सले कतारको दोहाबाट १४७ नेपाली काठमाडौं ल्याएको छ । सोही एयरलाइन्स साउदी अरेबियाको दमाम, दुबई, बहराइनबाट नेपाल ल्याउन त्यसतर्फ प्रस्थान गरेको विमानस्थलले जनाएको छ ।

हिमालय एयरलाइन्सले अबुधाबीबाट १४९ र दोहाबाट १५२ यात्रु ल्याएको छ । त्यस्तै जजीरा एयरले कुवेतबाट १६५ यात्रु ल्याएको छ । कुवेतबाट थप नेपाली ल्याउन हिमालयको जहाज त्यसतर्फ प्रस्थान गरेको छ ।

आज सोमबार (२२ असार) पनि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका पाँच अन्तर्राष्ट्रिय उडान हुनेछन् । दमाम, बहराइन, अबुधाबी र क्वालालम्पुरबाट नेपाली ल्याउने विमानस्थलको तालिका रहेको विमानस्थल कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।