नेपालमा कोरोना संक्रमितको संख्या १५,७८४

नेपालमा कोरोना संक्रमितको संख्या १५,७८४


नेपालमा आइतबार (२१ असार) २ सय ९३ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २ सय ९३ थपिएसँगै कोरोना संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरण अनुसार विगत २४ घण्टामा १३२ संक्रमण मुक्त भएका छन् भने देशभरका विभिन्न क्वारेन्टिनमा ३१ हजार ५ सय ७१ जना रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म ६ हजार ५४७ जम्मा कोरोना निको भएर डिस्चार्ज भएको जानकारी दिँदै देशका २५ वटा प्रयोगशालामार्फत कोरोना परीक्षण भइरहेको दाबी गरे ।