कोरोना भाइरसबाट विश्वमा पाँच लाख २९ हजारभन्दा बढीको मृत्यु

कोरोना भाइरसबाट विश्वमा पाँच लाख २९ हजारभन्दा बढीको मृत्यु


कोभिड– १९ बाट विश्वभर मृत्यु हुने व्यक्तिको सङ्ख्या पाँच लाख २९ हजार ५ सय ५५ पुगेको छ । साथै यस सङ्क्रमणबाट विश्वभर एक करोड १२ लाख सात हजार ५४० जना सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) द्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।

नेपाली समयानुसार शनिबार (५ जुलाई) सम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ६३ लाख ६३ हजार ६९६ जना निको भएका छन्.।

हाल विश्वभरमा कोरोना भाइरस सङ्क्रमित करिब ४३ लाख २४ हजार २८९ व्यक्ति उपचाररत रहेका छन् । सङ्क्रमितहरुमा ५८ हजार ८४१ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र २८ लाख ९१ हजार २२८ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ३२ हजार १०७ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा २४ लाख २२ हजार २१ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ ९० हजार ९१४ जनाको मृत्यु भएको छ ।

उत्तर अमेरिकामा ३३ लाख ८१ हजार ४२९ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ एक लाख ७४ हजार १८३ जनाको मृत्यु भएको छ ।

युरोपमा २४ लाख ६२ हजार ९०९ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने एक लाख ९्३ हजार २९५ को मृत्यु भएको छ ।

एसिया २४ लाख ८९ हजार ५६८ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ६० हजार ९७ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा चार लाख ५० हजार ८८८ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १० हजार ९२५ जनाको मृत्यु भएको छ ।

ओसियानामा १० हजार चार जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १२६ जनाको मृत्यु भएको छ ।