१३ श्रावण २०७८, बुधबार

त्रिशूलीमा बेपत्ता स्करपियोका धनी प्रहरी सम्पर्कमा

  प्रकाशित मिति
२० असार २०७७, शनिबार ०२:३०


नवलपरासीको गैंडाकोटबाट काठमाडौंतर्फ हिँडेको स्करपियो चितवन र धादिङको सीमा क्षेत्रबाट बिहीबार त्रिशूलीमा खसेको प्रहरीले जनाएको छ । शुक्रबार स्करपियोका धनीले इलाका प्रहरी कार्यालय गजुरीमा गाडी र चालक हराएको भन्दै निवेदन दर्ता गरेपछि सो गाडी खसेको निष्कर्ष प्रहरीले निकालेको हो ।

इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी नायब उपरीक्षक विश्वराज खड्कालाई उद्धृत गर्दै राससले जनाए अनुसार गाडीधनीका तर्फबाट शङ्करप्रसाद घिमिरेले दिएको निवेदनअनुसार ग २ च ९१५६ नम्बरको सो गाडी बिहान ६ बजे मुग्लिन कटेको थियो । घिमिरेका अनुसार चालक गैंडाकोट नगरपालिका वडा नं २ निवासी ४६ वर्षीय मोहनीलाल पाण्डेले आफू यात्रु लिन काठमाडौ जाँदै गरेको भन्दै बिहान ६ बजे मुग्लिनबाट फोन गरेका थिए । त्यसको केही बेरपछि फोन सम्पर्कविहीन भएको थियो ।

खड्काले ६ बजे मुग्लिन कट्नु, प्रत्यक्षदर्शीले भनेकै रङको गाडी हुनु, मोबाइलको टावरको अन्तिम बिन्दु कुरिनटार हुनु, चालक र गाडी सम्पर्कविहीन हुनुजस्ता कारणले सो गाडी र चालक बेपत्ता भएको अनुमान गरिएको बताए। गाडीधनी अनिल शर्मा न्यौपानेका जेठान शङ्करप्रसाद घिमिरेले प्रहरीमा गाडी र चालक खोजी गरिदिन शुक्रबार निवेदन दिएको प्रहरीले जनाएको छ ।

सो गाडी खसेको स्थानीय सुनमाया चेपाङले प्रत्यक्ष देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् । सशस्त्र प्रहरीको तालीम शिक्षालय कुरिनटारका प्रमुख सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक कालिदास धौबजीका अनुसार गाडी खसे लगत्तैबाट खोजी गर्दा पनि जीप हालसम्म भेटिएको छैन । गाडी खोज्न सशस्त्र प्रहरीका गोताखोर परिचालन गरिएको छ । घटनास्थल चितवनको सीमा क्षेत्रको धादिङ जिल्लामा पर्ने बेनीघाट रोराङ गाउँपालिका–१० मौवाखोला पर्दछ । गाडी खोजी गर्न इलाका प्रहरी कार्यालय गजुरीले चितवन प्रहरीलाई पत्राचार गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

डम्बर निदाल, डडेल्धुरा रंगुन खोलामा पुल नहुँदा स्थानीयलाई सास्ती हुने गरेको छ । डडेल्धुरा जिल्लाको भित्रीमधेश क्षेत्रको आलिताल परशुराम भएर

नेपालमा मंगलबार ३,८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२,६५५ पीसीआर परीक्षण गर्दा २,७२६ जना र ४,८६३ एन्टिजेन परीक्षण

अफगानिस्तानको उत्तरी प्रान्त तखारको प्रान्तीय राजधानी तालुकान शहरमा तालिबान लडाकूले गरेको आक्रमण विफल भएको छ । ती लडाकूहरु सो शहर

अमेरिकी राष्ट्रपति जो बाइडेनले यस वर्षको अन्त्यसम्ममा अमेरिकी लडाकू सैनिकहरूलाई इराकबाट फिर्ता बोलाउने बताएका छन् । अमेरिकाको सेनाले थोरै संख्यामा