प्रधानमन्त्री ओलीको समर्थनमा धादिङमा प्रर्दशन

प्रधानमन्त्री ओलीको समर्थनमा धादिङमा प्रर्दशन


विकास रौनियार, धादिङ

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आन्तरिक विवाद चुलिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा देशका विभिन्न स्थानमा प्रदर्शन शुरु भएको छ । यस क्रममा धादिङको थाक्रे गाउँपालिकास्थित महादेववेशीमा पनि प्रधानमन्त्री ओलीको समर्थनमा प्रर्दशन भएको छ ।

प्रधानमन्त्री ओलीलाई भारतको इसारामा हटाउन लागिएको भन्दै उनको समर्थनमा प्रदर्शन भएको युवा संघ धादिङका संयोजक दीपक खतिवडाले जानकारी दिए । मदन भण्डारी स्पोर्टस् एकेडेमी धादिङको आयोजनामा सम्पन्न भएको प्रर्दशनमा युवाहरुको सहभागिता रहेको थियो ।

मान्छेको शान बोलीले, नेपालको शान ओलीले, आजलाई होइन भोलिलाई, जनताको समर्थन ओलीलाई, स्थिर सरकार कायम गर, सरकार फेर्न खोज्ने भारतीय मतियार, जनता जाग्दैछन्, राजनीतिक स्थिरता कायम गर, वैदेशिकक हस्तक्षेप बन्द गर, लिपुलेक लिम्पियाधुरा हाम्रो हो जस्ता नारा युवाहरुले लगाएका थिए ।