बेपत्ता बाालिका दूधमति नदीको किनारमा मृतावस्थामा

बेपत्ता बाालिका दूधमति नदीको किनारमा मृतावस्थामा


जनकपुरधाम उपमहानगरपालिकाकी तीन दिनअघि बेपत्ता भएकी एक बालिका शुक्रबार (१९ असार) मृतावस्थामा फेला परेकी छिन् ।

वडा नं २१ को कुर्था बस्ने विनोद पंजियारकी छोरी ११ वर्षीया कञ्चन बुधबारदेखि हराएपछि आज आफ्नो घरभन्दा एक किलोमिटर टाढा दूधमति नदीको किनारमा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

उनी बुधवार बिहान ११ः०० बजे भैंसी चराउन निस्केपछि घर नफर्केको जनाइएको छ । उनको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाइएको छ ।