नेपालमा कोरोना संक्रमित संख्या १५२५९, मृतक संख्या ३२

नेपालमा कोरोना संक्रमित संख्या १५२५९, मृतक संख्या ३२


नेपालमा पछिल्लो २४ घण्टामा ७ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार (१९ असार) सार्वजनिक गरेको विवरण अुनसार नेपालमा अब कोरोना भाइरस संक्रमितको कुल संख्या १५ हजार २ सय ५९ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएअनुसार बितेको २४ घण्टामा ८ सय २३ जनाले संक्रमण जितेका छन् । योसँगै संक्रमण निको हुनेको कूल संख्या ६ हजार १४३ पुगेको छ ।

बताइएअनुसार काठमाडौं नयाँ बानेश्वरका ८५ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । उनको यही असार १७ गते मृत्यु भएको हो । योसँगै कोरोनाबाट नेपालमा मृत्यु भएकाहरुको कूल संख्या ३२ पुगेको छ ।