चर्चित नृत्य निर्देशक सरोज खानको निधन

चर्चित नृत्य निर्देशक सरोज खानको निधन


बलिउडकी चर्चित नृत्य निर्देशक सरोज खानको निधन भएको छ । ७१ वर्षीया खानको शुक्रबार (३ जुन) बिहान उपचारका क्रममा हृदयाघातबाट निधन भएको हो ।

एक दो तीन, हवा हावाइ, धक धक.. लगायत दर्जनौँ चर्चित गीतको नृत्य निर्देशन गरेकी खानले बलिउडमा झण्डै चार दशक सक्रिय रुपमा काम गरेकी थिइन् भने यस क्रममा उनले करि २२ सय गीतमाा नृत्य निर्देशन गरेकी छन् ।

तीन पटक राष्ट्रिय अवार्ड विजेता खान पछिल्लो केही समयदेखि अस्वस्थ थिइन् । उहाँलाई गत जुन २० मा गुरु नानक अस्पतालमा भर्ना गरिएको थियो । स्वासप्रश्वासमा समस्या देखिएकोले उनकाो कोरोना परिक्षणसमेत गरिए पनि रिपोर्ट भने नेगेटिभ आएकाो, अर्थात् संक्रमण नदेखिएको चिकित्सकहरुले बताएका छन् ।

गएराती २ः३० बजे अस्पतालमै उनको निधन भएको जानकारी दिँदै खानका भान्जा मनिष जग्वानीले दिवंगत खानका एक छोरा राज खान र छोरी सुकैना खान रहेका बताए । सरोज खानको निधनप्रति भारतका सयौँ कलाकार र लाखौँ सुवेच्छुकहरुले दुःख व्यक्त गरेका छन् ।