सङ्घीय संसद्को हिउँदे अधिवेशन अन्त्य

सङ्घीय संसद्को हिउँदे अधिवेशन अन्त्य


मन्त्रिपरिषद्को बिहीबार (१८ असार)को सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ ५ बजेदेखि सङ्घीय संसद्को अधिवेशन अन्त्य गर्नुभएको छ । चालू अधिवेशन अन्त्यका लागि मन्त्रिपरिषदले राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

राष्ट्रपति कार्यालयले एक सूचनामार्फत अधिवेशन अन्त्य भएको जनाएको छ । कोरोनाको कहरबीच वर्षे अधिवेशनमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट र संविधान संशोधनलगायत महत्वपूर्ण काम सम्पन्न गरेको छ ।

विषमावस्थामा समेत जनताका दैनिक जीवनसँग जोडिएका विविध विषयमा छलफल भई सङ्घीय संसद्ले सरकारलाई दिशा निर्देश गरेको छ ।

संसद् अधिवेशन अन्त्य गरिएको सन्दर्भलाई कतिपयले सत्तारुढ दलभित्र पन्पिएको असहमतिको राजनीतिसँग जोडेर हेरेका छन् ।