महिला भर्सनमा क्रिकेट खेलाडी, बलिउड सुन्दरीलाई पनि दिए मात

महिला भर्सनमा क्रिकेट खेलाडी, बलिउड सुन्दरीलाई पनि दिए मात


भारतीय क्रिकेट टीमका पूर्व अलराउन्डर युवराज सिंहले आफ्नो इंस्टाग्राममा भारतीय राष्ट्रिय क्रिकेट टीम (पुरुष)को ‘फिमेल भर्सन’को फोटो शेयर गरेका छन् । फिमेल भर्सनमा यी खेलाडीहरू निकै सुन्दर र ‘हट’ देखिएका छन् । साँच्चै भन्नुपर्दा कुनै बलिउड हिरोइन भन्दा उनीहरू कम देखिएका छैनन् ।

यही कारण युवराजले शेयर गरेको उक्त फोटो यतिबेला सामाजिक सन्जालमा निकै भाइरल बनेको छ । साथै पूर्वक्रिकेटर र क्रिकेटप्रेमीहरूले पनि उक्त फोटोलाई निकै अभिरुचिका साथ हेर्दै विभिन्न खाले प्रतिक्रिया दिइरहेका छन् । साथै उनीहरू आफ्नो फोटो देखेर आफै दङ्ग परेका छन् । त्यस्तै यी क्रिकेट खेलाडीका पत्नी र प्रेमिकाहरू पनि आफ्नो प्रियपात्रको सुन्दर फोटो देखेर मख्ख परेका छन् ।

आफ्नो इंस्टाग्राममा फोटो राख्दै युवराज सिंहले क्याप्सनमा लेखेका छन्– ‘यी खेलाडीमध्य तपाई कसलाई आफ्नो गर्लफ्रेन्डको रुपमा छान्नुहुन्छ ?’ युवराजले क्याप्सनमा यस्तो लेखेपछि आफुलाई मनपर्ने क्रिकेटका हिरोहरूलाई गर्लफ्रेन्ड बनाउनेहरूको अहिले होड नै चलेको छ । क्रिकेटप्रेमीहरू छानी–छानी खेलाडीलाई आफ्नो प्रेमिका बनाउँदै आनन्द लिइरहेका छन् ।

युवराजले इन्स्ट्राग्राममा राखेको फोटोहरूमा रोहित शर्मा, विराट कोहली, शिखर धवन, केएल राहुल, महेन्द्र सिंह धोनी, रवीन्द्र जडेजा, हार्दिक पान्ड्या, अजिङ्के रहाणे, भुवनेश्वर कुमार, कुलदीप यादव, मोहम्मद शमी, युजवेन्द्र चहल, रविचन्द्रन आश्विन र जसप्रीत बुमराहलाई फिमेल भर्सनमा देखाइएको छ ।

यो भन्दाअघि युजवेन्द्र चहलले रोहित शर्माको फोटोको फिमेल भर्जन बनाएका थिए । शर्माको फिमेल भर्सन बनाउँदै चहलले लेखेका थिए–‘रोहित भाइ, तपाईं यो फोटोमा निकै सुन्दर देखिनुभएको छ ।’ यो फोटो पनि सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो । चहलले राखेको फोटोमा रोहित निकै सेक्सी देखिएका थिए ।

अहिले युवराज सिंहले राखेको फिमेल भर्सनको फोटोमा अन्य खेलाडी भन्दा भुवनेश्वर कुमार निकै सुन्दर देखिएका छन् । यही कारण आम क्रिकेटप्रेमी भुवनेश्वरकुमारको नाम परिवर्तन गरेर ‘भुवनेश्वरी’ राखिदिएका छन् ।

रमाइलो कुरा त के छ भने भुवनेश्वर कुमार खुद आफ्नो फिमेल भर्सन देखेर उसैकोे दिवाना बनेका छन् । साथै उनले आफ्नो फोटोमा प्रतिक्रिया दिँदै लेखेका छन्– ‘म पनि भुवनेश्वरीलाई गर्लफ्रेन्ड बनाउन चाहन्छु ।’