हिमालय एयरलाइन्सको उद्धार उडान तालीका सार्वजनिक

बुकिङको समयमा यात्रुले पीसीआर वा आरडीटी परीक्षण नेगेटिभ रहेको प्रमाण पेश गर्न आग्रह

हिमालय एयरलाइन्सले विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि जुलाई महिनामा हुने चार्टर्ड उडानको कार्यतालिका सार्वजनिक गरेको छ । जुलाई २ देखि १० सम्मको उद्धार उडान निर्धारण गरिएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ ।

कोभिड १९ महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धार गरी नेपाल ल्याउन सरकारले दिएको अनुमतिअनुरूप उडान तालिका बनाइएको कम्पनीले उल्लेख गरेको छ ।

हिमालयले जुलाई २ तारिखमा माल्दिभ्सको मालेमा चार्टर्ड उडान गर्नेछ । जुलाई २, ४, ६, ८ र १० तारिखमा यूएईको अबुधाबी उडान गर्ने कार्यतालिका छ । जुलाई ५, ६, ९ र १० तारिखमा साउदी अरेबियाको दमामा उडान गर्नेछ । त्यस्तै जुलाई २, ५ र ९ तारिखमा कुवेत, जुलाई ४ र ७ मा कतारको दोहा, जुलाई ५ र ७ मा मलेसियाको क्वालालम्पुर र जुलाई ८ मा चीनमा चार्टर्ड उडान गर्ने जनाएको छ ।



यी उडानमा आउने यात्रुले पीसीआर वा आरडीटी परीक्षण नेगेटिभ रहेको प्रमाण बुकिङको समयमा अनिवार्य पेश गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया