‘फल’ खेलेर समृद्धि आउँदैन, पिएमज्यू !

■ दीपेन्द्र पाण्डे



हास्यबाट शुरु गरौँ । चल्तापुर्जा नेताजीको देहान्त भयो । मृत्युपश्चात् यमराजले नेताजीलाई भव्य स्वागत गर्दै भने– ‘म तपाईंलाई स्वर्ग वा नर्क पठाउनुभन्दा पहिला दुवै स्थानको भ्रमण गराउँछु ।’ तत्पश्चात् तपाईंलाई रोज्न लगाउँछु । यमराजको कुराले अत्यन्त हर्षित नेताज्यूलाई एक दिन स्वर्गको, अर्को दिन नर्कको भ्रमण गराइयो । पहिलो दिन नर्कको भ्रमण गर्दै नेताजीले भव्य आनन्द लिए । नर्कको वातावरण देखेर आश्चर्यचकित नेताजीले गल्फको आनन्द समेत उठाए । आफ्ना पुराना मित्रहरूसँग बातचित गरे । नर्कमा के-कस्ता समस्या र सुविधा छन् ? सबै सोधखोज गरे । रक्सी, मासु, नृत्यलगायत सम्पूर्ण मनोरञ्जन लिँदै नर्कबाट फर्किए ।

दोस्रो दिन यमराजले नेतालाई स्वर्ग लिएर गए । स्वर्गमा प्रवेश गर्नासाथ नेताजी दङदास हुन पुगे । स्वर्गमा मधुर सङ्गीत बजिरहेको थियो । अधिक रोशनीले भरिएको दरबारमा राखिएका कलात्मक मूर्ति, भित्तामा झुन्ड्याइएका सुन्दर-सुन्दर चित्रले स्वर्गको सुन्दरतामा झनै निखार आएको देखिन्थ्यो । स्वर्गको मनमोहक वातावरणको मज्जा उठाउँदै सबै मानिस असीम शान्तिमा थिए । कसैलाई कसैको वास्ता थिएन । सबै आ-आफ्नै काम र धुनमा मन्त्रमुग्ध थिए । नेताजीले मुस्किलसाथ एक दिन स्वर्गमा बिताए ।

तेस्रो दिनको बिहान यमराजले नेताजीलाई सोधे- ‘ल भन्नुहोस्, तपाईं कहाँ बस्न रुचाउनुहुन्छ ? स्वर्ग वा नर्क ? रोज्नुहोस् । हामी उतै पठाउने छौँ ।’ नेताजीले भने- ‘स्वर्गमा धेरै आनन्द र शान्ति छ, तर समय काट्न मुस्किल छ । त्यसैले मलाई नर्क नै पठाउनुस् । त्यहाँ मेरा साथी पनि छन् । म आनन्दसँग बस्न सक्ने छु ।’ नेताजीको कुरा सुनेपछि यमराजले इच्छाअनुसार नर्क पठाइदिए ।

समानता, अवसर र लाभमा बराबर हिस्सेदारीको सिद्धान्तबाट प्रभावित प्रधानमन्त्री गरिबी अन्त्य गर्ने कसम खाँदै गरिब बाँच्नै नसक्ने शासनको नेतृत्व गरिरहेका छन् । खान नपाएर कोही मर्ने छैनन् भन्ने प्रधानमन्त्रीको उद्गारलाई गत जेठ ११ गते धादिङका सूर्यबहादुर तामाङले झुटो सावित गरिदिएका छन् । हातमा भारी बोक्ने नाम्लो समात्दै प्राण त्यागेका तामाङले भोकसँग कुस्ती खेल्दै इहलीला त्यागेका थिए ।

नेताजीलाई लिएर यमराज नर्क पुगे । नर्कको दृश्य देख्नासाथ नेताजी स्तब्ध हुन पुगे । उनी पुगेको ठाउँ बाँझो भूमि थियो । जताततै कवाडी सामान थुपारिएको थियो । उनका साथीहरू फाटेको कपडामा कवाडी तह लगाउँदै थिए । यी तमाम कर्कस-कल्मस दृश्य देखेपछि नेताजीले यमराजसँग भने- ‘पहिलो दिन म यहाँ आउँदा पूरै हरियाली थियो । साथीहरू गल्फ खेलिरहेका थिए । मैले रक्सी, मासु र नृत्यको भरपुर आनन्द लिएको थिएँ, तर आज फरक दृश्य छ । कुरै बुझ्न सकिएन ।’ नेताजीको गुनासो सुनेर यमराज मुसुक्क मुस्कुराउँदै भने- ‘नेताजी, अस्ति हामी चुनाव प्रचारमा थियौँ, तर आज तपाईंले हाम्रो पक्षमा मतदान गरिसक्नु भयो !’

उल्लेखित सन्दर्भकै विशेषता नेपाली राजनीतिले हुबहु प्रयोग गरिरहेको छ भन्दा गलत भइँदैन । समृद्धिको निम्ति राजनीतिक स्थिरता र शान्ति आवश्यक मान्न सकिएला तर अनिवार्य मान्न सकिन्न । समाजवादउन्मुख संविधान, मुर्छित सपना, शान्ति र स्थिरतासँगै प्राप्त संसदीय अङ्कगणित नै समृद्धि बन्न पुगेको अवस्थामा प्रधानमन्त्रीले निर्वाचनपूर्व देखाएको सुन्दर सपना बेवारिसे बन्दा चन्द्रगिरिको उचाइ थपिएको छ । चन्द्रागिरिले मानिसलाई शक्तिशाली हुने महत्वाकांक्षा दिन्छ । सत्ता–राजनीतिमा लागेको मानिससँग महत्वाकांक्षा हुनुलाई जायज नै मान्नुपर्छ । यद्यपि, त्यस्तो महत्वाकांक्षा मुलुक र लोकतन्त्रको निम्ति हुन पुगे चीरकालसम्म स्मरणयोग्य वा स्वागतयोग्य हुने छ ।

सांसद प्रदीप गिरीको नजरमा प्रधानमन्त्री ओली शास्त्र र ज्ञानका विकिपिडिया नै हुन् । कवि अगम सिँह गिरी, महाकवि देवकोटाको यात्री कविता, अशोकको तिब्बत यात्रा मात्र हैन सतीदेवीको लास बोक्दै महादेव चन्द्रागिरि पुगेको बुझ्ने प्रधानमन्त्री ओलीले पृथ्वीनारायण शाहको बारेमा नबुझ्ने कुरै थिएन । जनताको क्रयशक्ति र आम्दानी नबढ्ने तर हरेक व्यक्तिको थाप्लोमा ऋण मात्र थपिँदै जाने राजनीति परिवर्तन गर्न असफल उनको कार्यकाल सोचेजस्तो नभएको बुझ्न उनकै अभिव्यक्ति काफी छ । भ्रष्टाचाररहित मुलुक र समृद्धिबाहेक अर्को सपना नपालेका उनी किन र कसको लागि अलमलिएका छन् ? मुलुकले बुझ्न सकिरहेको छैन ।

कृषिप्रधान देश नेपाल अदुवा, बेसार, आलु, प्याज, धान, मकै, गहुँ, कोदो आयात गरिरहेको छ । दीर्घकालीन समृद्धिको निम्ति अत्यावश्यक पूँजीगत खर्च गर्न नसक्ने तर गफैबाट समृद्धि ल्याउने पात्रहरूको पदस्थापन र पुरस्कृत गरिएको छ । ठूलो आशा र भरोसाको बहुमूल्य समय काण्डैकाण्डमा बिताएका प्रधानमन्त्रीले कोरोना युद्धपछि काण्ड मात्र हैन ‘इम्युन र बेसार पुराण’को थालनी गरेका छन् ।

करिव ३० महिने कार्यकालमा दीर्घकालीन समृद्धिको निम्ति अत्यावश्यक संस्थाहरू बलियो बनाउन प्रधानमन्त्रीले जाँगर देखाएको फेला पर्दैन । अथाह शक्ति केन्द्रीकृत गर्दै भक्तिभावमा हौसिएका प्रधानमन्त्री आफू मात्र सर्वश्रेष्ठ चिन्तक र दार्शनिक भएको भ्रममा बाँचिरहेका छन् । समानता, अवसर र लाभमा बराबर हिस्सेदारीको सिद्धान्तबाट प्रभावित प्रधानमन्त्री गरिबी अन्त्य गर्ने कसम खाँदै गरिब बाँच्नै नसक्ने शासनको नेतृत्व गरिरहेका छन् । खान नपाएर कोही मर्ने छैनन् भन्ने प्रधानमन्त्रीको उद्गारलाई गत जेठ ११ गते धादिङका सूर्यबहादुर तामाङले झुटो सावित गरिदिएका छन् । हातमा भारी बोक्ने नाम्लो समात्दै प्राण त्यागेका तामाङले भोकसँग कुस्ती खेल्दै इहलीला त्यागेका थिए ।

विश्वलाई आतङ्कित पारिरहेको कोरोना महामारीबाट बच्न विश्वले अपनाएको अत्यन्त अलोकप्रिय ‘लकडाउन’को कारण आत्महत्या गर्नेको सङ्ख्या कहालीलाग्दो छ । बाँचेका मानिससँग आफ्ना समस्या बयान गर्ने उचित शब्दहरू रित्तिएका छन् । सरकार र सरकारी निकाय निकम्मा बन्न पुगेका छन् । किसानको उत्पादन खेर गइरहेका छन् । हिमाली भेगमा फलेको स्याउ र तराई मधेसमा फलेको आँप बजार र उचित मूल्य नपाएर कुहिएका छन् । दूध, अण्डा, गोलभेँडा नबिकेर सडकमा फालिएका छन् । उपभोक्ता आयातित सामान चर्को मूल्यमा किनेर खान बाध्य छन् । बिचौलिया, दलाल र व्यापारीको पकडमा पुगेको राजनीतिको कारण समृद्धिका पाइलट प्रोजेक्टहरू, डिपिआर, आर्थिक जोहो, आवश्यक जनशक्तिको बन्दोबस्त घोषणापत्रको शोभा बनेर बसेका छन् ।

कुराबाटै समृद्धि ल्याउन माहिर प्रधानमन्त्री अनुपयुक्त पात्रहरूलाई पुरस्कृत गर्नमै व्यस्त छन् । कृषिप्रधान देश नेपाल अदुवा, बेसार, आलु, प्याज, धान, मकै, गहुँ, कोदो आयात गरिरहेको छ । दीर्घकालीन समृद्धिको निम्ति अत्यावश्यक पूँजीगत खर्च गर्न नसक्ने तर गफैबाट समृद्धि ल्याउने पात्रहरूको पदस्थापन र पुरस्कृत गरिएको छ । ठूलो आशा र भरोसाको बहुमूल्य समय काण्डैकाण्डमा बिताएका प्रधानमन्त्रीले कोरोना युद्धपछि काण्ड मात्र हैन ‘इम्युन र बेसार पुराण’को थालनी गरेका छन् ।

विगतमा हाम्रो सम्पत्ति र शक्तिको रूपमा रहेको विविधता, भाषा, परम्परा, संस्कृतिमाथि खेल्दै कथित कुर्सीकेन्द्रित राजनीति फेरि जुर्मुराएको छ । बेलायती सत्ताको गुलामी गर्दै राणा प्रधानमन्त्रीहरूले, २००७ सालपछि अनेक तिकडम र सन्तुलित कूटनीतिमार्फत तात्कालीन राजसंस्थाले जोगाएको मुलुक पछिल्लो कालखण्डमा पश्चिमा राजनीतिको क्रीडास्थल बनिरहेको छ ।

गफबाटै समृद्धि ल्याउने प्रधानमन्त्रीको शासनमा प्रमुख प्रतिपक्षी थला परेको छ । राम्रो कामसमेत अनुपयुक्त समयमा गर्ने प्रधानमन्त्रीको कारण मुलुकले थप राजनीतिक क्षति ब्यहोर्दै छ । कल्पना र सङ्कल्पले मात्र सुन्दर भविष्य नबन्ने, समृद्धिको निम्ति अठोट, योग्यता र अर्थको परिचालन गर्नु अनिवार्य हुने प्रधानमन्त्रीले बुझेसँगै अनुपयुक्त राजनीतिक ध्रुवीकरण बढाउन सक्रिय छन् । वास्तवमा राजनीतिक पार्टी भनेका मुलुकको सम्पत्ति नै हुन् । एउटा राजनीतिक पार्टी बन्न र हुर्कन राज्यको ठूलो लगानी परेको हुन्छ । थुप्रै युवा-युवतीको खुन, पसिना, उर्बर समय लागेको हुन्छ । प्रधानमन्त्रीकै कारण नेकपा माओवादी केन्द्र मारिएको छ । एमाले समाप्त गरिएको छ । सातबाट एघार राज्य माग्ने र जातीय, क्षेत्रीय, बहुराज्यको मुद्दा बोक्नेहरूलाई एकै स्थानमा ल्याउने कारण प्रधानमन्त्री बनेका छन् ।

लगानी, उत्पादन र व्यापारबिनाको समृद्धि मुलुकमा मौलाएको छ । लाखौँ गरिवको आर्थिक हैसियत बढाउन राजनीतिले अर्थपरक बाटो पक्डिन असफल भएको छ । अकस्मात् आइलागेको बेरोजगारी समस्याको निकास फेला परेको छैन । राजनीतिक उद्योगको कारण अचानक आएको व्यक्तिगत समृद्धिले असमानता ह्वात्तै बढेको छ । शासक राष्ट्रवादी बन्न मुलुक बलियो हुनुपर्छ तर जनता राष्ट्रवादी बन्न आफै गरिव बन्नुपर्छ भन्ने मान्यतालाई झुटो सावित गर्दै सरकार रातारात राष्ट्रवादी बनेर उदाएको छ । विगतमा हाम्रो सम्पत्ति र शक्तिको रूपमा रहेको विविधता, भाषा, परम्परा, संस्कृतिमाथि खेल्दै कथित कुर्सीकेन्द्रित राजनीति फेरि जुर्मुराएको छ । बेलायती सत्ताको गुलामी गर्दै राणा प्रधानमन्त्रीहरूले, २००७ सालपछि अनेक तिकडम र सन्तुलित कूटनीतिमार्फत तात्कालीन राजसंस्थाले जोगाएको मुलुक पछिल्लो कालखण्डमा पश्चिमा राजनीतिको क्रीडास्थल बनिरहेको छ ।

जनतालाई आर्थिक, सामाजिक, राजनीतिक रूपले सक्षम बनाउने भन्दै शुरु गरिएको राजनीति अन्ततः देश र जनताको अस्तित्व नै धराप पार्ने अवस्थामा पुऱ्याइएको छ । नर्कमा देखाइएको सम्पन्नता निर्वाचन समाप्त हुनासाथ सकिएजस्तै कोरोना युद्धपछि समृद्धि पारिजातको कथा ‘मैले नजन्माएको छोरो’ बन्न पुगेको छ । संसद्को रोष्टमबाटै सांसदको हुर्मत लिने नाममा मनगढन्ते तर्क र दम्भको प्रदर्शनपछि मुलुक र लोकतन्त्र झनै कमजोर बन्दै छ । अनपढ पृथ्वीनारायण शाहले आफ्नै दिमाग र बलबुतामा दिलाएको परिचय बेच्दै मुलुकलाई रसातलमा पुऱ्याउने एजेन्डा मूल ढोकाबाट छिराउने उदघोष संसद्बाटै सम्पन्न गरिएको छ । विशाल मुलुक चीन र भारतको तरक्कीपछि तिल्मिलाएको अमेरिका शास्त्र र ज्ञानका विकिपिडिया प्रधानमन्त्रीको सहयोगमा नेपाल प्रवेश गर्न मरिहत्ते गरेसँगै मुलुक गम्भीर सङ्कटमा फस्दै छ ।

प्रतिक्रिया