३० जेष्ठ २०७८, आईतवार

मालपोत लेखापालले स्रोत नखुल्ने अकूत सम्पत्ति आर्जन गरेपछि…

  प्रकाशित मिति
१५ असार २०७७, सोमबार १२:५६


गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय बारामा कार्यरत लेखापाल युगलकिशोर ठाकुरविरुद्ध विशेष अदालतमा सोमबार (१५ असार) मुद्धा दायर गरेको छ ।

आयोगका अनुसार २०६८ माघ ९ गते कोष तथा लेखा नियन्त्रक कार्यालय बाराबाट रापअन द्वितीय श्रेणीमा प्रवेश गरेका ठाकुर सहलेखापाल पदमा नियुक्त भई २०७२ साल वैशाख २२ मा लेखापालमा बढुवा हुँदासम्म तीन करोड चार लाख ९४ हजार ३०८ बराबरको सम्पत्ति गैरकानूनी रुपमा आर्जन गरेको पाइएको छ ।

ठाकुरले सार्वजनिक सेवाको पदमा रहँदा तीन करोड १५ लाख ७५ हजार १६ बराबरको सम्पत्ति सिर्जनामा खर्च लगानी गरेको देखिएको छ । स्रोत खुल्न नआएको तीन करोड चार लाख ९४ हजार ३०८ बराबरको सम्पत्ति अवैध रहेको आयोगले ठहर गरेको छ ।

यस्तै, आयोगले ठाकुरका नाममा राष्ट्रिय वाणिज्य बैंक सिमरामा रहेको मौज्दात दुई करोड ७६ लाख ४४ हजारसमेत जफत गर्न माग गरेको छ । अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार आयोगले बिगो असुल गरी हदैसम्मको कारवाहीको माग गर्दै सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

त्यस्तै, आयोगले वीरेन्द्रनगर नगरपालिका–४ को वडा कार्यालयमा प्रशासन सहायक करार सेवामा कार्यरत रत्नबहादुर विकलाई पक्राउ गरेको छ । आयोगका अनुसार वडा कार्यालयमा उठाएको राजस्व रकम कार्यालयको राजस्व खातामा जग्गा नगरी हिनामिना गरेको अभियोगमा आयोगको सुर्खेत कार्यालयबाट गएको आयोगको टोलीले शनिबार उनकै घरबाट शनिबार (१४ असार) पक्राउ गरेको हो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कोभिड–१९ को सङ्क्रमणका कारण गम्भीर बिरामीको उपचारमा सहज बनाउन सरकारी निकायका साथै निजी व्यवसायीले पनि रसुवागढी नाकाबाट अक्सिजन सिलिण्डर आयात

रासस जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते बिहीबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार

शिक्षक, वकिल हुँदै कृष्णचन्द्र नेपाली पोखरेलको मुख्यमन्त्रीसम्मको यात्रा बाबु गोबर्द्धन शर्मा राणाशासनको विरोधमा जहिल्यै क्रियाशील रहे । गोबर्द्धन शर्मा नेपाली