नेपालमा कोरोना भाइरस संक्रमित संख्या १३ हजार २ सय ४८

नेपालमा कोरोना भाइरस संक्रमित संख्या १३ हजार २ सय ४८


नेपालमा थप ४ सय ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबारको नियमित पत्रकार सम्मेलनमा बितेको २४ घण्टामा काठमाडौंका ६ जनासहित ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

नयाँ संक्रमितमा १ सय १२ जना महिला र ३ सय ६४ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको छ ।

यसैगरी, बितेको २४ घण्टामा १३ महिला र १ सय ८ पुरुष गरी १ सय २१ जना कोरोना संक्रमणमुक्त भएका छन् भने योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ३ हजार १३४ पुगेको छ ।

ज्ञातव्य छ, हालसम्म नेपालमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्याचाहिँ २९ पुगेको छ ।