राष्ट्रिय खेल भलिबलको प्रमुख प्रशिक्षकमा प्रज्ज्वल

राष्ट्रिय खेल भलिबलको प्रमुख प्रशिक्षकमा प्रज्ज्वल


भलिबलको प्रमुख प्रशिक्षकमा प्रज्ज्वल बहादुर सिंह नियुक्त भएका छन् । गत असार १० गते बुधवार सदस्य सचिव स्तरीय निर्णयानुसार सिंहलाई प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको हो ।

काठमाडौ जिल्लामा कार्यरत प्रशिक्षक सिंहलाई समान पद, श्रेणी तथा सेवा कायम रहनेगरि प्रमुख प्रशिक्षकमा नियुक्ति गरिएको तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुनबहादुर विकद्वारा हस्ताक्षरित पत्रमा जनाईएको छ ।

२०५२ सालमा सहायक प्रशिक्षकमा राष्ट्रिय खेलकुद परिषदमा नियुक्त भएका सिंह २०६४ सालमा प्रशिक्षकमा बढुवा भएका थिए । ब्रम्ह स्पोर्टस् क्लबबाट भलिबल खेल्ने सिंह आफ्ना समयका उत्कृष्ट खेलाडी हुन् ।