कोरोना भाइरसबाट विश्वमा पाँच लाख ४ हजार भन्दा बढीको मृत्यु

कोरोना भाइरसबाट विश्वमा पाँच लाख ४ हजार भन्दा बढीको मृत्यु


कोरोना भाइरस (कोभिड १९)बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ४ हजार ४ सय ९१ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड २ लाख ४९ हजार ८ सय ४० जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)द्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।

नेपाली समयानुसार सोमबार (२९ जुन) मध्याह्नसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ५५ लाख ५७ हजार ९८० जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ४१ लाख ८७ हजार ३६९ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५७ हजार ३४७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २६ लाख ३७ हजार ७७ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख २८ हजार ४३७ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा २१ लाख ४७ हजार ६८३ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ८२ हजार ३८६ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ३० लाख ७६ हजार ९७० जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ६६ हजार ६ सय ९० जनाको मृत्यु भएको छ ।

युरोपमा २४ लाख १३ हजार ५१९ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९० हजार ७२५ को मृत्यु भएको छ । एसियामा २२ लाख १६ हजार ३ सय २१ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ५४ हजार ८ सय ५१ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ३ लाख ८५ हजार २ सय १९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ९ हजार ६ सय ९८ जनाको मृत्यु भएको छ । ओसियानामा ९ हजार ४ सय ७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १ सय २६ जनाको मृत्यु भएको छ ।