एनआरएनए युरोपियन स्वास्थ समितिको चौथो वेबिनार सम्पन्न

एनआरएनए युरोपियन स्वास्थ समितिको चौथो वेबिनार सम्पन्न


■ सागर सुवेदी, अष्ट्रिया

कोभिड-१९ माहामारीको प्रारम्भिक दिनहरुसँगै युरोप क्षेत्रमा रहेका स्वास्थकर्मीहरु आवद्ध रहेको एक समिति बनाउने गैरआवासीय नेपाली संघ युरोप क्षेत्र साथै यसका संयोजक नारायण आचार्यको आग्रह साथै पहलतामा पोल्याण्डनिवासी डा. बोधराज सुवेदीको संयोजकत्वमा एक टिम निर्माण गरिएको थियो । उक्त टिममा युरोप क्षेत्रमा कार्यरत डाक्टर, नर्सका साथै स्वास्थ क्षेत्रमा कार्यरत युरोपका विभिन्न देशमा रहेका स्वास्थकर्मीहरु संगठित रहेर आवद्ध भएका छन् ।

यो टिमको निर्माण गरिनुको पछाडि युरोपियन मुलुकको सिप, ज्ञान, मोर्डन टेक्नोलोजी साथै मेडिसिन शिक्षाका विषयमा नेपालका स्वास्थ्य क्षेत्रमा कार्यरत सहकर्मीबीच सूचना आदानप्रदान गर्नु साथै निकट भविष्यमा नेपालका केही क्षेत्र तोकेर सक्ने हिसाबले माथिका विषयमा आधारित रहेर सहयोग गर्ने भन्ने उद्देश्यसहित गठन गरिएको हो साथै सोही प्रकारले यो टिमले आफ्ना गतिविधि अगाडि बढाउँदै लागिरहेको छ । सोही सिलसिलालाई अगाटि बढाउँदै यो टिमले विभिन्न वेभिनार गर्दै आइरहेको छ र सोही सिलसिलामा हिजोको वेभिनार आयोजना गरिएको थियो ।

हिजोको वेबिनार लाइ गैरआवासीय नेपाली संघ बेलायतले आफ्नो फेसबुकबाट प्रत्यक्षा प्रसारण गरेको थियो भने वेबिनारमा नेपाल लगायत विश्वका विभिन्न क्षेत्रमा कार्यरत स्वस्थकर्मी साथै गैरआवासीय नेपाली संघका केन्द्रिय महासचिव डा. हेमराज शर्मा, युरोपियन क्षेत्रिय संयोजक नारायण आचार्यले समेत सम्बोधन गरेका थिए भने विशेष पाहुनाका रुपमा नेपालबाट प्रदेश नं २ का स्वास्थ सचिव डा. राम प्रसाद घिमिरेको उपस्थिति थियो । गैरआवासीय नेपाली संघका केन्द्रिय स्वास्थ संयोजक समेतले केहीबेर सम्बोधन गरेको वेभिनारमा नेपालका वर्तमान चुनौती, प्रदेश सरकारले कोभिड महामारीसँग जुधिरहेका तौरतरिका साथै तराइका आठ जिल्ला समेटेको प्रदेश २ मा कोभिड संक्रमणको वर्तमान अवस्था बारेमा भएका कामका साथै आउने चुनौतीका विषयमा प्रदेश स्वास्थसचिव घिमिरेले प्रकाश पार्नुभएको थियो।

त्यसैगरी शुक्रराज सरुवारोग अस्पतालमा कार्यरत डा. अनुप बास्तोलाले नेपालमा कोभिड संक्रमणका साथै यसका चुनौती अनि अस्पतालले दिने सेवाका बारेमा साथै कोभिड संक्रमण बढ्नुका कारण र त्यसमा अपनाउन सकिने सावधानीका बारेमा प्रकाश पार्नुभएको थियो डा. बास्तोलाको भनाइमा आजसम्म जति पनि पुष्टि भएका संक्रमणहरु छन् ती संक्रमणमा छिमेकी देश भारतबाट नेपाल छिरेका व्यक्तिहारी साथै उनीहरुको सूचनाका आधारमा कन्ट्याक ट्रेसिङबाट पुष्टि भएका हुन् तर यो महामारी सो संक्रमण तल्लो कम्युनिटीसम्म पुगेको या नपुगेको भन्नेमा अझै विस्तृत रुपमा केही भन्न नसकिने भन्ने तर्क राख्नुभएको थियो ।

बेलायतको Bristol University मा कार्यरत डा. ऋषि राम पराजुलीले नेपालको वर्तमान संक्रमणको अवस्थालाई एक निकै मिहेनतका साथ तयार गरिएको web site निर्माण गर्नुभएको साथै उक्त साइटमा नेपालको संघीय, प्रदेश, जिल्ला साथै गाउँपालिकासम्म गएर वर्तमान संक्रमणका बारेमा जानकारी लिन सकिने प्रकारको विस्तृत जानकारी लिन सकिने साइट निर्माण गर्नुभएको साथै उक्त साइटमा इन्ट्री गरिएका डेटाहरु नेपालबाट प्रकाशित सञ्चारमाध्यमका रिपोर्ट साथै लेखहरुबाट लिइएको, नेपाल सरकारले दिएका आधिकारिक सुचनाहरुलाई पनि लिएर प्रकाशित गरिएको जानकारी दिनुभयो भने समग्रमा उहाँको प्रस्तुति उत्कृष्ट देखिन्थ्यो। http://www.covira.info मा गएर विस्तृत जानकारी प्राप्त गर्न सकिने गरी निर्माण गरिएको उक्त web site मा महामारीले चरम रुपमा प्रभाव पारेका विश्वका विभिन्न देशका case अनि Mortality लाई नेपालसँग दाँजिएर तयार पारिएको प्रस्ट देखिन्थ्यो ।

वेभिनारमा प्रस्तुत गरिएका विषयमाथि सहभागीले राखेका प्रश्नहरुका उत्तरहरु पनि दिइएका थिए भने अर्को युरोपियन मुलुक नर्वेबाट भाग लिनुभएका डाक्टर तथा शोधकर्ता दीपक सापकोटाले कोरोना भाइरसलाई इन्डिकेट गर्ने विधिका साथै स्वासप्रश्वास क्षेत्रमै हुने एक विशेष तन्तु ‘Saliva “to be use for the diagnostic of Covid -19’ का बारेमा एक अत्यन्त सूचनामुलक खोज समेतको Presentation गर्नुभएको थियो ।

युरोपियन स्वास्थ समितिका संयोजक डा. बोधराज सुवेदी र लन्डन निवासी डा. सुनिल साहले समग्र रुपमा सञ्चालन गरिएको वेभिनारमा गैरआवासीय नेपाली संघ संयुक्त अधिराज्यका सचिव जित रानाभाट, गैरआवासीय नेपाली संघ अमेरिकाका अध्यक्ष सुनिल साह, डाक्टर शम्भु शाह, डाक्टर राजु श्रीवास्तव, डाक्टर राज साह, डाक्टर अलिनी पोख्रेल सुवेदी, स्पेनमा कार्यरत नर्स सुन्दरी लामा साथै अष्ट्रियानिवासी नर्सका साथै पंक्तिकार सागर सुवेदीसमेतको सहभागिता थियो।