कर्मचारी अभाव र कोरोनाको जोखिम मोल्दै कर्मचारी

कर्मचारी अभाव र कोरोनाको जोखिम मोल्दै कर्मचारी


पुनहरि बेल्बासे, भैरहवा

विश्वमै कोरोनाको माहामारी फैलिरहेको बेला यातायात व्यवस्था सेवा कार्यालय भैरहवामा भने कर्मचारी अभाव र कोरोनाको जोखिम मोल्दै कर्मचारीहरु बिहान ८ बजे देखि बेलुका ६ बजेसम्म काममा खटिएका छन् । प्रायःजसो कार्यालय १० देखि ५ बजे सम्म सञ्चालन भइरहेको बेला यातायात व्यवस्था सेवा कार्यालयमा भने यस्तो पाइएको हो ।

उक्त कार्यालयले आर्थिक वर्ष ०७६÷७७ को जेठ मसान्तसम्म २० करोड ५८ लाख ६७ हजार ४ सय ५७ रुपैयाँ संकलन गरेको थियो । अहिले असार १ देखि डेढ साताको अवधिमा १ करोड ३५ लाख, ४३ हजार ४ सय ६३ रुपैँया संकलन गरेको कार्यालका निमित्त प्रमुख राजीव अर्यालले जानकारी दिनुभयो । असार मसान्त नजिकिँदै गरेको र लकडाउन खुकुलो भएलगत्तै सवारी साधनको कर तिर्नेको लाइन बिहानदेखि साँझसम्म रहेको प्रमुख अर्यालले बताए । कार्यालयले असार १ गते १२ लाख, ९५ हजार ५ सय रुपैँया, २ गते १७ लाख ९ हजार ६ सय ९० रुपैँया, ३ गते १६ लाख ९ हजार ६ सय रुपैँया, ४ गते १८ लाख ९१ हजार ४ सय ६० रुपैँया, ५ गते १२ लाख, २१ हजार १ सय २० रुपैँया, ७ गते १७ लाख, १ हजार ६ सय ९३ रुपैँया, ९ गते १८ लाख, १४ हजार ४ सय रुपैँया संकलन गरेको जनाएको छ ।

उक्त कार्यालयमा २०७६ माघदेखि कार्यालय प्रमुख र कम्प्युटर अप्रेटरको पद रिक्त रहेको छ । बिहानदेखि साँझसम्म निमित्त प्रमुख एक जना, प्रशासनतर्फ १ जना, लेखातर्फ १ जना, प्राविधि १ जना र ३ जना कार्यालय सहायकले सेवा दिइरहेको निमिक्त प्रमुख अर्यालले बताउनुभयो । दरबन्दी भएता पनि कर्मचारी अभाव हुँदा बिहान ८ देखि बेलुका ६ बजेसम्म सेवा प्रभाह गर्नको लागि एक सिफ्टका कर्मचारीले मात्रै सेवा दिएको प्रमुख अर्यालले बताउनुभयो ।