३० वर्षेपछि बन्यो लिभरपूल इङ्गलिस प्रीमियर लिग च्याम्पियन

३० वर्षेपछि बन्यो लिभरपूल इङ्गलिस प्रीमियर लिग च्याम्पियन


सन् २०१९–२० को इङ्गलिस प्रीमियर लिगको उपाधि लिभरपूलले जितेको छ । चेल्सी र म्यानचेस्टर सिटीबीचको खेलमा चेल्सीले म्यानचेस्टर सिटीलाई २–१ गोलको अन्तरले पराजित गरेपछि लिभरपूल लिग च्याम्पियन बनेको हो ।

लिभरपूल ७ खेल खेल्नुअघि नै च्याम्पियन बनेको हो । यो प्रीमियम लिगको कीर्तिमान पनि हो । यस भन्दाअघि सन् १९०७–८ को लिगमा म्यानचेस्टर युइनाइटेडले पाँच खेल खेल्नुअघि नै उपाधिमाथि कब्जा जमाउँदै च्याम्पियन बनेको थियो ।

लिभरपूलले यो उपाधि ३० वर्षको अन्तरालमा जितेको हो । पछिल्लो समय १९८९–९० मा लिभरपुल च्याम्पियन बनेको थियो । लिभरपुलको यो १९औँ इङ्गलिस प्रिमियर लिग उपाधि हो । म्यानचेस्टर युनाइटेडले सर्वाधिक २० पटक यो उपाधि जितेको छ ।

लिभरपुलको यो सफलताको श्रेय म्यानेजर जर्गेन क्लापलाई दिइएको छ । विगत लामो समयदेखि प्रीमियम लिगको पाँचौं, छैठौं स्थानमा रहदै आएको लिभरपूललाई जर्गेनले गत संस्करणमा फाइनलसम्म पु¥याएका थिए । यो संस्करणमा उनले आफ्नो टीमलाई प्रीमियर लिग च्याम्पियन बनाएपछि उनको निकै प्रशंसा भैरहेको छ । यो जीतपछि म्यानेजर जर्गेनले भने– ‘म ज्यादै खुशी छु, मेरो जीवनको यो सवैभन्दा उत्कृष्ट क्षण हो ।’

लिभरपूल ३० वर्षपछि प्रीमियर लिग च्याम्पियन बनेपछि अहिले क्लबका प्रशंसकहरु निकै उत्साहित बनेका छन् । यो जीतको खुशीमा प्रशंसकहरुले कोरोनाको नियम समेत उलङ्घन गर्दै खुशी साँटसाँट गरेका छन् । सामाजिक दुरीलाई समेत ख्याल नगरी प्रशंसकहरुले मनाएको त्यो खुशी आफैमा अदभूत थियो ।

लिभरपूलले अहिलेसम्म ३१ खेलमा ८६ अङ्क प्राप्त गरेको छ । त्यस्तै त्यति नै खेलमा दोश्रो स्थानमा रहेको म्यानचेस्टर सीटीको ६३ अङ्क मात्रै छ । अहिले पहिलो र दोश्रो स्थानमा रहेका दुवै टीमको अन्तर २३ अङ्कले छ । अव लिभरपुलले ७ वटा खेलमा पराजित हुँदा र सीटीले बाँकी रहेका सातवटै खेलमा विजय हासिल गर्दा पनि लिभरपूलको बराबरीमा पुग्दैन । सीटीको २१ अङ्क मात्रै हुन्छ ।

त्यस्तै लिगको तेस्रो स्थानमा काब्रिज लिस्टर सीटी, चौथोमा चेल्सी र पाँचौं स्थानमा म्यानचेस्टर युनाइटेड रहेका छन् । कोरोना भाइरसका कारण अन्य बाँकी लिगका खेलहरू खाली रङ्गशालामा भैरहेका छन् ।