विनयी त्रिवेणीलाई नमूना गाउँपालिका बनाउने अठोट

विनयी त्रिवेणीलाई नमूना गाउँपालिका बनाउने अठोट


आरपी उपाध्याय, नवलपरासी

पूर्वी नवलपरासी विनयी त्रिवेणी गाउँपालिकाको सातौँ गाउँसभा एवम् वार्षिक नीति तथा कार्यक्रम दुम्कीवासमा बुधबार आयोजित एक विशेष कार्यक्रम बीच सार्वजनिक गरिएको छ ।

गाउँपालिका अध्यक्ष डम्बरबहादुर जिसीको अध्यक्षतामा आयोजित गाउँसभामा विनयी त्रिवेणी गाउँपालिकालार्ई विकास पुर्वाधारको रुपमा विकसित गर्दै प्राकृतिक स्रोतसाधन उपयोग गरी नमुना गाउँपालिका बनाउने अटोट गाउँसभामा गरिएको थियो ।

गाउँपालिका उपाध्यक्ष मीना रानाले आर्थिक वर्ष ०७७/७८ को लागि कुल ६५ करोडको बजेट प्रस्तुत गर्नुभयो । सो अवसरमा अध्यक्ष जिसीले बहुचर्चित त्रिवेणी दुम्किबास सडक निर्माण कार्यमा चितवन राष्ट्रिय निकुन्जको मध्यवर्ती जङ्गलको कानुन बाधक रहेको आरोप लगाउँँदै कानुनी जटिलताको कारण उक्त सडक बन्न नसकेको जिकिर गर्नुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बोधराज बस्याल, वडाअध्यक्षहरु गोपालबहादुर क्षेत्री, प्रितमबहादुर गुरुङ, अजितकुमार थापा, विष्णु ढकाल, गोपाल अधिकारी, सुकबहादुर वैधवार लगायतले बजेट तथा नीति कार्यक्रमबारे प्रतिक्रिया एवम् मन्तब्य ब्यक्त गरेका थिए ।

गाउँसभामा वडासदस्यहरुका साथै सम्बद्ध कर्मचारीलगायतको उपस्थिति रहेको योजना अधिकृत कृष्णप्रसाद अर्यालले जानकारी दिनुभयो ।