ऋचाले शुरू गरिन् ‘चलचित्र टिभी’ एप

ऋचाले शुरू गरिन् ‘चलचित्र टिभी’ एप


■ राजन घिमिरे

नेपाली चलचित्र क्षेत्रमा केही फरक सोच र उपस्थितिका साथ अगाडि बढीरहेकी प्रतिभाशाली अभिनेत्री हुन् ऋचा शर्मा । यस्तै फरक सोचकै परिणामस्वरूप ऋचाले नेपाली चलचित्रको पहुँच र बजारलाई नयाँ प्रविधिसँगै नेपाल बाहिर पनि पुऱ्याउने भएकी छन् ।

ऋचाले अमेरिकामा रहेका नेपालीहरूसँग सहकार्य गरेर ल्याएको ‘चलचित्र टिभी’ नामक एपमार्फत अब नेपाली चलचित्र हेर्न पाइने भएको छ ।

उनले यस कार्यको शुरूवात चलचित्र ‘छक्का पञ्जा–३’ र ‘छ माया छपक्कै’ को एप अधिकार खरिद गरेर गरेकी छिन् । यूट्यूबमा नआएका यी दुई चलचित्र अब दर्शकहरूले ‘चलचित्र टिभी’ एपमार्फत हेर्न पाउने छन् । यी दुवै चलचित्र स्वदेश तथा विदेशका दर्शकहरूले तोकिएको रकम तिरेपछि हेर्न पाउने छन् । ‘छक्का पञ्जा–३’ लाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् भने ‘छ माया छपक्कै’को निर्देशक दीपेन्द्र लामा हुन् । यी दुवै चलचित्रलाई ब्यावसायिक रूपमा अत्याधिक सफल चलचित्र मानिन्छ ।

यी दुई चलचित्रबाट अग्रिम रकमस्वरुप दीपकसहितको निर्माण समूहलाई ऋचाले २० लाख रुपैयाँ बुझाएकी छन् भने बाँकी हिसाबकिताब दुई पक्षको सहमतिअनुसार हुने जानकारी दिइएको छ ।

नेपालमा नेपाली सिनेमासम्बन्धी भरपर्दो डिजिटल एपको आवश्यकता लामो समयदेखि नेपाली चलचित्रकर्मीहरूले महसुस गर्दै आइरहेको सन्दर्भमा अभिनेत्री ऋचाले ल्याएको ‘चलचित्र टिभी’ एपले साँच्चै भोलिका दिनमा नेपाली सिनेमाको अर्को आम्दानीको बाटो बनाइदिएको चर्चा शुरु भएको छ ।